डोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा चालक घाइते

सरोज थापा 

डोल्पा ,२९ पुस।

डोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्।मंगलबार दिउँसो ठुलीभेरीको माझफलदेखि जुफालतर्फ आउँदै गरेको रा २ त ३६५९ नम्बरको खाली ट्र्याक्टर ठुलिभेरि नगरपालिका–८ घट्टेखाेला नजिक चिप्लिएर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।
बाटोमा बरफ जमेको कारण ट्र्याक्टर चिप्लिएर दुर्घटना भएको र  दुर्घटनामा ट्र्याक्टर चालक जिल्ला पाल्पा घर भएका गाेपाल मगर घाइते भएको प्रहरी चौकी जुफालले जानकारी दिएको छ।

प्रहरीका चौकीका अनुसार घाइते चालकको दायाँ खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेका उनलाई उपचारको लागि दुनै स्थित जिल्ला अस्पतालमा लगिएको  छ।
घाइते चालक मगर ठुलिभेरी नगरपालिका–६ काँडाताली निवासी सिद्दि बुढाकाे ट्याक्टर चलाउदै आएका थिए ।

डोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा चालक घाइते

विचारः स्थानीय विकास र वर्तमान समाज

डोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा चालक घाइते

जुम्लामा चुनावी चासो बढ्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *