भारतमा महिलाहरूको आर्थिक पहुँच बढाउन एडीबीद्वारा दश करोड अमेरिकी डलर ऋण स्वीकृत

मनिला, २७ मङ्सिर (रासस/सिन्ह्वा) ।

भारतमा कम आए भएका महिलाहरुको आर्थिक पहुँच बढाउन एसियन डेभलपमेन्ट बैङ्क (एडीबी) ले शुक्रबार फाइभ स्टार बिजनेस फाइनान्स लिमिटेड (एफ बी एफ एल) सँग दश करोड अमेरिकी डलर ऋण सम्झौतामा हस्ताक्षर गरेको छ । जसले भारतमा कम आय समूहका महिलाहरूका लागि सूक्ष्म, साना र मध्यम आकारका उद्यम र व्यवसायमा पहुँच विस्तार गर्न सघाउने अपेक्षा गरिएको छ ।

महिला उधारकर्ताहरूका लागि कम्पनीको ऋण पोर्टफोलियो बढाउने उद्देश्यले यस ऋणलाई परियोजनाको कोषका लागि प्रयोग गरिने बैङ्कले जनाएको छ ।

कोषहरू अन्तर्राष्ट्रिय मापदण्डसँग जोडिएको सामाजिक वित्त ढाँचा अन्तर्गत तैनाथ गरिनेछ, जुन एडीबी प्राविधिक सहयोग मार्फत बाह्य रूपमा प्रमाणित हुनेछ ।

यसले एफबिएफएललाई अनुकूल ग्राहक संलग्नता, डिजिटल वित्तीय साक्षरता कार्यक्रम, र समावेशी कार्यस्थल प्रशिक्षण सहित यसको सञ्चालन भित्र लैङ्गिक–उत्तरदायी अभ्यासहरू समावेश गर्न सहयोग गर्नेछ ।

“भारतमा महिला उद्यमीहरू, विशेष गरी कम आय वर्गका महिला उद्यमीहरूले आर्थिक अभाव, अनौपचारिक आय स्रोत र सीमित वित्तीय साक्षरता जस्ता प्रणालीगत अवरोधहरूको सामना गर्दै आएको भारतका लागि एडीबीका कन्ट्री डाइरेक्टर मियो ओकाले बताउनु भएको छ ।

एफबिएफएलले मुख्य सहरहरू र त्यसभन्दा बाहिर महिला उधारकर्ताहरूलाई सहयोग गर्ने लगायत कम सेवा प्राप्त क्षेत्रहरूको सेवा गर्न वित्त प्रदान गर्दछ भने कम्पनीले भारतमा ७०० भन्दा बढी शाखाहरू मार्फत चार लाख भन्दा बढी उधारकर्ताहरूलाई सेवा दिदै आएको छ ।

–––

भारतमा महिलाहरूको आर्थिक पहुँच बढाउन एडीबीद्वारा दश करोड अमेरिकी डलर ऋण स्वीकृत

बेलायतको आर्थिक वृद्धिदर २०२६ मा सुस्त हुने

भारतमा महिलाहरूको आर्थिक पहुँच बढाउन एडीबीद्वारा दश करोड अमेरिकी डलर ऋण स्वीकृत

उत्तरी वजीरिस्तानको विद्यालयमा विस्फोट, भवन ध्वस्त, छ

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds