कनकासुन्दरीमा सृजनाकाे प्रगति सार्वजनिक

गाेल्डेन बुढा
 जुम्ला ,२२ मंसिर ।
जुम्लाको कनकासुन्दरीमा संचालित सृजना परियोजनाको सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।गाउँपालिका तथाआईएनफ कार्यक्रमको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, समूह सहकारी र सरोकारवाला निकायको सहभागिता सामाजिक परीक्षण गरिएको हो । कार्यक्रममा आइएनएफ नेपाल जुम्लाका प्रमुख ईन्द्र बहादुर विश्कर्माले आईएनएफले गरेका कार्यक्रमको प्रगतिको बिषयमा प्रस्तुतिकरण गर्नुभएको थियोे।उनले आईएनएफले दुईबर्ष सम्म गरेको कामको जानकारी गरे। उनका अनुसार विशेषगरी आईएनएफले आप्रवासी यूवाहरुलाई स्वरोजगार बनाउने प्रयास गरिएको छ। उनले भने,कनकासुन्दरी गाउँपालिकाका १ देखी ८ वडा सम्ममा यूवाहरुलाई स्वरोजगार बनाउन विभिन्न शिप विकास, आयआर्जनका कार्यक्रम गरिएको छ । सृजना दोस्रो परियोजना २०८० पौस देखी २०८२ पौष सम्म परियोजना रहनेछ । परियोजना अन्तरगत २० जना यूवाले लघु व्यवसाय संचालन गरेका छन् । सात जनाले डाईभिङ तालिम लिएका छन् । ४५ जनालाई व्यवसायमा सुधार सामग्री सहयोग गरिएको छ ।प्रतिवेदनमा कनकासुन्दरी गाँउपालिक र राष्ट्रिय बिमा कम्पनीसँगको सहकार्यमा ३सय १२ वटा बाख्राहरु र २ वटा भैसीको बिमा गरिएको छ । बिमाको लागि आबश्यक केहि रकम परियोजनाद्धारा ब्यवस्था गरिएको थियो । यहाँका २३ जना किसानहरुलाई सुधारिएको बाख्रापालन सम्बन्धी तालिम, सुधारिएको गोठ निर्माणको लागि आबश्यक सामग्री, बाख्राहरुको औषधीहरु र ८ जना किसानहरुलाई प्रति ब्यक्ति ८ वटाको दरले बाख्रा समेत बितरण गरिएको छ ।आईएनएफले यो परियोजनाको यस बर्षको बिनियोजन बजेट एक करोड सात लाख मध्ये हाल सम्म ९१ लाख ९३ हजार खर्च भएको छ । सामाजिक लेखापरीक्षण कार्यक्रममा गाउँपालिका अध्यक्ष दामोदर आचार्यले गाउँपालिकाको माग अनुसार कनकासुन्दरीमा काम गरिदिएकोमा आईएनएफ नेपाललाई धन्यवाद ज्ञापन गरे।उनलेे गैरसरकारी क्षेत्रले गरेको काम पनि गाउँपालिकालेनै गरेको सवैले पर्ने बताए।यस्तै उपाध्यक्ष प्रेमकली बुढाले शिप लिएपछि अनिवार्य रुपमा काम गर्न यूवाहरुलाई सुझाव दिइन्।प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले सृजना परियोजनाले केही काम गर्नमा उत्सुकता गरेको बताउदै यस्ता कामलाई आगामी दिनमा पनि अगाडि बढाउन आवश्यक रहेको बताए। सामाजिक शाखा प्रमुख तथा गाउँपालिका -१ का वडा अध्यक्ष भिमबहादुर भण्डारीले आाईएनएफले सहयोग गरेका राम्रा काममा गाउँपालिकाले पनि सहयोग गर्नेमा जाेड दिए।

कनकासुन्दरीमा सृजनाकाे प्रगति सार्वजनिक

वर्रे संघर्षका योद्धा भेषराज ढुंगानाको त्याग, समर्पण

कनकासुन्दरीमा सृजनाकाे प्रगति सार्वजनिक

योजना अनुगमनमा पश्चिम सुर्खेत पुगे मुख्यमन्त्री कँडेल

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds