ढुंगानाको निधनले कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति:मुख्यमन्त्री आचार्य

दाङ ,१९ मंसिर ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चर्चित वर्रे संघर्षका योद्धा भेषराज ढुंगानाको निधनले सिंगो कम्युनिस्ट आन्दोलनलाई ठूलो क्षति पुगेको बताउनुभएको छ । सन्धिखर्क नगरपालिका–२ कुरमा जन्मिनुभएका हाल गढवा गाउँपालिका–६ हाँसिपुर निवासी ८१ वर्षीय ढुंगानाको काठमाडौँमा उपचारको क्रममा निधन भएको थियो ।

ढुंगानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले उहाँले आफ्नो जीवनकालमा १४ वर्ष कठोर जेल जीवन बिताएको स्मरण गर्नुभएको छ । सामाजिक तथा राजनीतिक रूपान्तरणमा ढुंगानाले खेलेको भूमिका सधैं स्मरणीय रहने उल्लेख गर्दै उहाँले श्रद्धाञ्जली वक्तव्यमा भन्नुभएको छ, ‘सामाजिक तथा राजनीतिक रूपान्तरणमा पु¥याउनुभएको योगदान सधैं सम्झना रहनेछ । यहाँको निधनले सामाजिक तथा लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति भएको छ ।’

तत्कालीन समयमा वर्रे संघर्ष, निरंकुशतन्त्र र पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय भएकै कारण ढुंगानाले १४ वर्ष राजनीतिक बन्दीको रूपमा कठोर जेल जीवन बिताउनु परेको थियो । उहाँसँगै वेदुराम भुसाल, हेमनाथ भुसाल, नेत्र ढुंगाना, लिला ढुंगाना र बुद्धि रायमाझीले पनि जेल जीवन बिताएको मुख्यमन्त्री आचार्यले स्मरण गर्नुभएको छ ।

ढुंगानाको निधनले कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति:मुख्यमन्त्री आचार्य

नेपालगन्जमा गरिदै मेयर कप राष्ट्रिय साइकल दौड

ढुंगानाको निधनले कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति:मुख्यमन्त्री आचार्य

पातारासी भेडापालन तालिम

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds