राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाको अध्यक्षमा विश्वराज खत्री

गाेल्डेन बुढा
 जुम्ला ,२२ कार्तिक ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्ला शाखाको चौथो जिल्ला अधिवेशनले विश्वराज खत्रीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ। शनिबार सम्पन्न अधिवेशनबाट खत्रीको नेतृत्वमा नयाँ २२ सदस्यीय कार्यसमिति चयन गरिएको हो।लामो समयदेखि लोक तथा दोहोरी गीत क्षेत्रमा सक्रिय रहँदै आएका खत्री प्रतिष्ठानको सुरुवाती चरणदेखि नै आवद्ध रहँदै आएका हुन्।

उनले प्रतिष्ठानभित्रको सांगीतिक क्रियाकलाप सुदृढ पार्दै जिल्लामा नयाँ पुस्तालाई लोकसंगीतप्रति आकर्षित गराउने अभियान चलाउँदै आएका छन्।अध्यक्षमा चयन भएपछि खत्रीले जुम्लाको मौलिक संस्कृति, लोकभाषा र परम्परागत संगीतलाई संरक्षण तथा प्रवर्द्धन गर्नु आफ्नो पहिलो जिम्मेवारी हुने बताए। “जुम्ला र कर्णालीको मौलिक दोहोरी संस्कृति राष्ट्रिय पहिचानको अभिन्न हिस्सा हो। यसलाई व्यावसायिक र सशक्त संस्थागत रूप दिन हामी सबै एकजुट भएर लाग्नेछौँ,” उनले भने।खत्रीले प्रतिष्ठानमार्फत जिल्लाभर रहेका लोक कलाकारको दर्ता, प्रशिक्षण र प्रतिस्पर्धामूलक कार्यक्रम सञ्चालन गरी नयाँ प्रतिभा पहिचान गर्ने योजनासमेत अघि सारे। “स्थानीय स्तरमै सिर्जना हुने मौलिक गीत–संगीतलाई संरक्षण गर्न नसके, यो अमूल्य परम्परा हराउने खतरा छ। त्यसैले प्रतिष्ठान अब अभिलेख, अध्ययन र प्रमाणीकरणमा पनि सक्रिय हुने छ,” उनका शब्द थिए।अधिवेशनबाट चयन गरिएको नयाँ जिल्ला कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा पञ्चकली बुढा, खुला उपाध्यक्षमा उमेश परियार, द्वितीय उपाध्यक्षमा मनोज अधिकारी, सचिवमा एकराज अधिकारी, सह–सचिवमा मदन महत र कोषाध्यक्षमा देवकी खत्री रहेका छन्।

त्यस्तै विभिन्न क्षेत्र र वडाबाट प्रतिनिधित्व गर्ने सदस्यहरू पनि कार्यसमितिमा समावेश गरिएको छ।अधिकांश बाेल्ने कर्णाली प्रदेशमा लोक तथा दोहोरी गीतको ऐतिहासिक महत्वबारे प्रकाश पारेका थिए। उनीहरूले राष्ट्रिय एकताको स्रोतका रूपमा लोकसंगीतले खेलेको भूमिकाको प्रशंसा गर्दै जुम्लाको सांगीतिक चेतना र सांस्कृतिक सक्रियता अन्य जिल्लाका लागि उदाहरणीय रहेको उल्लेख गरे।कार्यक्रममा स्थानीय कलाकार, संगीतप्रेमी र प्रतिष्ठानका पूर्वपदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो। अधिवेशनको समापनसँगै नयाँ नेतृत्वले आगामी वर्षका लागि कार्ययोजना निर्माण सुरु गरेको जनाएको छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाको अध्यक्षमा विश्वराज खत्री

कोहलपुरमा वन्यजन्तुको आतंक : चितुवाको आक्रमण बढ्दा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाको अध्यक्षमा विश्वराज खत्री

लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा

Leave a comment

Your email address will not be published. Required fields are marked *