घुयँत्राे: ‘माओवादि रि–ब्रान्ड’: १७ हजारको इतिहास — अहिले ट्रायल भर्सनमा

आठदलकाे एकता गर्न बसेका नेताहरुकाे बसेकाे र उठेकाे सबै फाेटाे सामाजिक सन्जालाँ हेरियाे ।पाटि एक गराउन बसेका नेताहरुका अनुहारमा नत कुनै उत्साह छ नत एक भएकाेमा हर्ष र उन्मादछ । याे एकिकरणलाई हेर्दा प्रचण्डबाहेक अरुपाटिबाट एकिकरणका नाममा आउनेमन १/१ जना हस्ताक्षरकर्ता बाहेक अरु काेहि आउलान जस्ताे देखिएन । माधब नेपालवालाहरु हामी एकिकरणमा जान्नम् बरु एमालेमा जान्छम् भने एकाबिहानै ओलि भेटन गुण्डु पुगिसके । याे पटक कमिनिष्ट पाटिहरु एक हुँदा कतै एमालेमात्रै एक्लै पर्ने त हैन भन्ने चिन्ता केपिलाई धेरै थियाे तर जाँदाजाँदै माधब नेपाल बाहेक काेहि भएनन भन्ने खबर पुगेछि ओलिबा अल्लि चिन्तामुक्त भाछन ।

त्यसाे त उनकाे पाटियाँनि कलह सृजना भाकाे भैछ । बुधबारमात्रै भाकाे मिटिङानि कार्यकर्ताले बहुबिवाह मुद्दा लाग्या बाका सेक्युरिटी गार्डलाई पाटियाट निकाल्न पर्छ भन्ने बहस चर्कै चल्याे । बाले मुद्दा लाग्दैमा कार्यकर्तालाई पाटियाट नउकाल्न हुन्न भनेर डिफेन्स लेछि आखिर मिटिङ विना निर्णयमा टुङ्गियाे ।जेन्जी आन्दोलन अघिपनि बैठकमा काेशि प्रदेशकाे अर्थमन्त्रीकाे गाडिले याैटा बच्चिलाई किचेर गएछि त्यसका विषयमा कुरा उठदानि बाले त्यस्तै गैरजिम्मेवार तरिकाले जवाफ दिएका थिए त्यसकाे केहिदिन भित्रै सत्ताच्युत हुनु पर्याे । याे पटकनि राम्रो संकेत देखिएकाेछैन । तर पनि उनका अगाडि कार्यकर्ता दाशकाेरुपमा उपस्थित भएर उनका कुरा नसुन्ने बित्तिकै उनले पाटिबाट निस्काशन गरेर उसकाे जिना हराम गर्ने भएकाले पनि ओलि अध्यक्ष रहुन्जेल उनकाे बिरुद्धमा उठन कसैले हिम्मत गर्न सक्दैन ।

त्यसैले कमिनिष्ट पाटिहरुमा ओलिकाे पाटि ओलि रहुन्जेल अजर र अमरछ । त्यसकै प्रतिद्वन्द्वी का रुपमा पनि प्रचण्डले ` नेपाली कमिनिष्ट पाटि´ खाेलेका हुन । जाँसम्म लाग्छ प्रचण्डकाे महत्वकांक्षाका कारण पनि याे पाटि त्यति लामाे सफर तय गर्न सक्ला जस्तो लाग्दैन । जस्ले जतिसुकै कुरा गरेपनि माओवादिका जनार्दन,प्रकाण्ड, प्रभाकर, राम कार्कि,महरा, बाबुराम,बैद्य जस्ता तमाम सनथीहरुलाई उनले गुमाई सकेकाछन । उनी सत्ताकाे आशमा पछाडि पनि नफर्कि यसरी हिँडिरहेका छन कि हिजाे आँफुलाई त्याे ठाउँमा पर्याउने साथीहरु कहाँ छन र उनिहरुकाे चाहजा केछ ? कतै याे मेराे हिँडाई यी साथीविना निर्रथक त हुँदैन भन्ने सम्म पनि न साेचेर प्रचण्ड एकनासले हिँडेका हिँड्यैछन हेराैँ उनकाे पाइला कहाँ गएर राेकिन्छ । उनका साथबाट छुटेका केही साथिहरु भने सँगै हिँडन नसकिने भन्दै थकाई मार्दैछन । कमिनिष्ट पाटिका नाममा प्रचण्डले गाडेर गएकाे “माओवादि पाटि” लाई उठाएर टक्टक्याएर पाटिकाे आकार दिने दाउमाछन हेराैँ कत्तिको सफल हुन्छन । जेनजीकाे आन्दोलनले ल्याएकाे परिवर्तन भनेकाे अहिलेसम्म यत्ति याैटा हाे । तर याे परिवर्तन पनि कम्ता हाेईन है १० बर्षसम्म युध्द गरेर १७ हजार मनन्छे मारेर र ५ हजारलाई बेपत्ता बनाएर यतिका बर्षसम्म पटकपटक सत्ता चलाएर संसारले चिनेकाे प्रचण्डकाे माओवादि पाटि एक्कासी जेन्जी आन्दोलनकै नाममा त्यागेर नयाँ पाटि र चुनाब चिन्ह लिएर जानू प्रचण्डकाे सानाे तिनाे हिम्मत हैन ।

साँच्चिकै कमिनिष्टहरु एक भएर जानू पर्छ भन्ने हिम्मत कमिनिष्टका अरु चिराहरुले नि गर्ने हाे भनेत यीनिहरुले याे देशमा कमिष्ट शासननै चिरस्थायीरुपमा चल्थ्याे हाेला तर के गर्नु नेपालका कमिनिष्टहरुमा गरि खाने हैन कि ठगीखाने हाेडछ । हेरम अब भाेलिका दिनमा फेरि के के गर्ने हुन र कमिनिष्ट पाटिले कति हाङा हाल्ने हुन चुनाब आकैछ , निर्वाचन आयाेगले दलदर्ता गर्न बाेलाकैछ !

घुयँत्राे: ‘माओवादि रि–ब्रान्ड’: १७ हजारको इतिहास — अहिले ट्रायल भर्सनमा

कोहलपुर मेडिकल कलेजका इन्टर्न डाक्टरहरूको आन्दोलन तीव्र,

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds