तीन रोगसँग लडिरहेका बालकलाई उपचार गर्न आर्थिक अभाव

हुम्ला, १७ कार्तिक । 
सर्केगाड गाउँपालिका–१ तुम्चका १२ वर्षीय अनिल लावड यतिबेला तीनवटा रोगसँग लडिरहनुभएको छ । उहाँको एक सातादेखि बाँकेको नेपालञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न सकस भएको अनिलका बुबा चैते लावडले बताए । उने भने, “बिहान–बेलुका के खाने भन्ने चिन्ता छ । यस्तैमा छोरो अस्पतालको बेडमा लडिरहेको छ ।”
अनिलको आन्द्राको शल्यक्रिया गर्नुपर्ने भएको छ । यसका लागि रु सात लाख खर्च उनका बुबा चैतेले बताए । “मसित पैसा नहुँदा छोरा बचाउन मुश्किल भएको छ”, उनले भने । अनिल हेपाटाइटिस बी र कालाजारबाट समेत पीडित छन् ।  उनका बुबा चैतेले छोरा बचाइदिन सबैलाई हारगुहार गरिरहेको छन् । सिटिजन्स बैङ्कको खाता नम्बर ०६५०१००००१४६९०२७ तथा आफ्‌नो मोबाइल नम्बर ९७६९२४६३९७ फोन गरी सहयोग गर्न उनले सबैमा आग्रह गरे ।
तीन रोगसँग लडिरहेका बालकलाई उपचार गर्न आर्थिक अभाव

अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक

तीन रोगसँग लडिरहेका बालकलाई उपचार गर्न आर्थिक अभाव

जनसेवा युवा क्लबलाई एक लाखसहित उपाधि

Leave a comment

Your email address will not be published. Required fields are marked *