अत्यावश्यकबाहेक सबै सेवा बन्द

दैलेख, १३ साउन ।

कोरोना भाइरसको रेड जोन मानिएको दैलेखमा कोरोना संक्रमण बढ्न थालेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अन्त्य भएसँगै संक्रमितहरु बढ्न थालेका छन् ।

आइतबार मात्रै दैलेख नारायण नगरपालिकाका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेख पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये ८ जना कृषि विकास कार्यालय दैलेखका कर्मचारी हुन् । कार्यालयका २६ जनाको पीसीआर परीक्षण गरिएको थियो । २६ जनामध्ये ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दुल्लु नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सहित दैलेखमा कोरोना संक्रमितको सख्या ८ सय ९० जना पुगेको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकलपर्सन थीरप्रसाद रेग्मीले बताए । तीमध्ये सात सय ८९ जना डिस्चार्ज भइसकेका रेग्मीले बताए ।

कोरोना भाइरस संक्रमण फैलिने अत्याधिक सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले अत्यावश्यक सेवाबाहेक सबै सरकारी सेवा बन्द गर्न पत्राचार गरेको छ । कार्यालयले जिल्लाका ११ वटै स्थानीय तह, सबै सरकारी कार्यालय, सरकारी संस्थान, बैंक तथा वित्तीय संस्थाको अत्यावश्यक सेवाबाहेक नियमित सेवा प्रवाह बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए ।

सरकारले लकडाउन गरेपश्चात भारतबाट १५ हजार ४८ जना नागरिक दैलेख जिल्लामा भित्रिएका छन् । भारतबाट भित्रिएका नागरिकमध्ये कम्तीमा नौ हजार जनाले नयाँ प्रतिलिपी नागरिकता लिने अनुमान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए । सरकारले साउन ५ गतेको निणर्य अनुसार लकडाउन स्थगित गरिएको भए पनि कोरोना भाइरसको संक्रमण बढ्ने सम्भावना उत्तिकै छ ।

सरकारी कार्यालयका कर्मचारीहरुलाई समेत संक्रमण देखिन थालेपछि प्रशासनले अर्को पत्राचार नहुँदासम्म अत्यावश्यक सेवाबाहेक नियमित सेवा प्रवाह बन्द गर्न ११ वटै स्थानीय तह, सबै सरकारी कार्यालय, सरकारी संस्थान, बैंक तथा वित्तीय संस्थालाई पत्राचार गरेको जनाएको छ ।

अत्यावश्यकबाहेक सबै सेवा बन्द

इलाका प्रशासन कार्यालय आठ महिनादेखि प्रमुखविहीन

अत्यावश्यकबाहेक सबै सेवा बन्द

पहिरो पीडितलाई खाद्य सामग्री वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds