विद्यार्थी भर्ना नलिन निर्देशन

सुर्खेत, २६ असार ।

वीरेन्द्रनगर नगरपालिकाले अहिले विद्यार्थी भर्ना नगर्न निर्देशन दिएको छ । केही विद्यालयहरुले भर्ना अभियान चलाइरहेका बेला नगर शिक्षाले तत्काल भर्ना नलिन निर्देशन गरेको हो । शिक्षा शाखा प्रमुख उपसचिव ललितविक्रम सिंहका अनुसार कुनैपनि विद्यालयले विद्यार्थी भर्ना गर्न नपाउने बताए ।

वीरेन्द्रनगरका केही विद्यालयहरुलाई क्वारेन्टाइन बनाइएको र कोरोना भइरसको संक्रमण कायमै रहेको भन्दै तत्काल विद्यार्थी भर्ना नलिन निर्देशन दिएको हो । तर निजी तथा आवाशियक विद्यालयहरुको छाता संगठन प्याव्सन सुर्खेतले अनुमति पाएको खण्डमा विद्यालय सञ्चालन गर्न सकिने जनाएको छ ।

सरकारले विद्यालय संचालनको अनुमति दिएको खण्डमा सामाजिक दुरी अपनाएर अध्ययन अध्ययापन गर्न सकिने व्यावसन सुर्खेता अध्यक्ष बेदप्रसाद ढकालले बताए । यद्यपी सुर्खेतका निजी विद्यालयहरुले भने सार्वजनिक सूचना आह्वान गरेर विद्यार्थी भर्ना लिइरहेका छन्

तपाईको प्रतिक्रिया