घुयँत्राे:“घण्टी बज्यो, माननीय भागे : सभामुख कराइरहे, सांसद गायब”

माेरङ २ बाट चुनाब जितेका रास्वपा सांसद कृष्ण कुमार कार्की सर्बाधिक चर्चामा छन । रास्वपा भन्ने बित्तिकै सबै दुधले नुहाएका सच्चा र ईमान्दार हुन्छन उनरले अपराध भन्ने कुरा गरेकै हुन्नन अथवा निर्अपराधि र स्वच्छहरुकाे एकमात्र पाटि भनेकै रास्वपा हाे भन्ने नेपालिहरुकाे मानसिकता र घण्टीका घण्टेहरुका विषयमा सामान्यत असहमति राखेर सामाजिक सन्जालमा लेख्ने बित्तिकै अरिङ्गाल खनियझैँ खनियर त्याे व्यक्तिलाई दुधले नुहाएर गंगाजीकाे जल सेचन गरि राख्ने रास्वपाका झाेले सन्जालकर्ताहरुले एकदिन रास्वपालाईनै लिएर डुब्नेछन । रास्वपाभित्र सहिलाई सहि र गलतलाई गलत भन्ने छुट्याउनै नचाहने जमातले गर्दा रास्वपा बिस्तारै बदनाम हुँदैछ । काेहि काम गराउन हातपाखुरा र पावर देखाउँछन अनि काेहि अपराध लुकाउन रास्वपामा आउँछन । बालेन सरकार बनेकाे केही दिन नबित्दै बिस्तारै रास्वपाका कर्तुतहरु देखिन थालेभने अन्तत बालेनले चाहेजस्ताे समाज र देश कसरी बन्छ था छैन । चुनाबमा दुईतिहाई ल्याएकाे जमातकाे नेतृत्व गर्न सहज छैन । आखिर रास्वपा कार्यकर्ताहरुनि छुट्टै संसारबाट आएका हैनन । त्यै भष्टाचारी छाडा पुराना दलबाट अबसर नपाएकाहरुनै आएका हुन हिजाेसम्म हिजाेसम्म तिनिहरुले अङ्गालेका चरित्र एकदुई पटक घण्टी बजाएर छातिमा घण्टीकाे लकेट भिर्दैमा र पकेटमा पाटिकाे टिकट हाल्दैमा चरित्रमा आमूल परिवर्तन र सत्चरित्र काँ अङ्गिकार भै सक्छ र ? “यह ताे सिर्फ टेलर है खेलताे अभि बाँकी है ” भन्याजस्ताे भर्खरत एकदुईटा अपराध र अपराधिहरु रास्वपाका नाममा देशैभर भाईरल भा छन सत्ता चलाउँदै गर्दा कार्यकर्ताका हर्कत अँझै कति आउने हुन हेर्न बाँकि नैछ ।आखिर ती पनि त एक पटक काँग्रेस ,एमाले अनिदमाओवादि पक्कै भाथे हाेला । त्यसैले न नेताले न पाटि ( रास्वपा) नि दङ्ग नपरे हुन्छ चाेर अपराधि र नैतिक हिन कार्यकर्ता त तिन्टा पाटिका मात्रै हुन हाम्रा हैनन ।भनेर यति लामाे नाक नगर्दानि हुन्छ । अँझ कसैले हल्लाउन नसक्ने दुई तिहाईकाे सरकार चलाउँदै जानाेस त्यै सरकारकाे आडमा तपाईंहर ( रबि र बालेन) ले गर्व गर्ने तिनै कार्यकर्ताले कति नाङ्गो नाच नाच्छन नाचेपछि था पाउनु हाेला । रास्वपाका कार्यकर्ता कस्ताछन भन्ने कुरा त भदाै २३/२४ मै देखियाछ नि । भदाैका यी २ दिनमा के के गरिम भनेर त यीनकै कार्यकर्ताहरु सामाजिक सञ्जालाँ बक्दै हिँड्याछन अनि फेरि तिनैलाई ऐना देखाई रहनु पर्छ र ? माेरङ २ नंका कार्यकर्ता अर्थात काँग्रेसका मिनेन्द्र रजाललाई पछारेर आउने कार्यर्कर्ता यानेकि रास्वपा माननीयज्युकाे भन्दा बढि बदनाम ऐले त्याँका जनताकाे भै राख्याछ ।त्यस्ताे उमेदवार छान्ने माेरङ २ का जनताकाे साेच र दिमाग भाेट हाल्ने बेलाँ भैंसी चराउन गाथ्याे कि क्या भनेर मान्छेलाई कुरा गर्ने बहाना भै राख्याछ । स्वदेशमा केही गर्न नसकेर विदेशमा समेत बसेर चुनाबै लडनका लागि स्वदेश फर्किँदै गर्दा नाईजेरियन युवतिलाई गर्भवती बनाएर स्वदेश फर्केका नैतिक पतन देखिने अपराधमा संलग्न यस्ता व्यक्तिलाई टिकट दिँदा आँफुलाई दुधले नुहाएकाे पाटि सम्झिने नेताहरुले के हेरे हाेलान ? के उनिहरलाई आफ्ना कार्यकर्ताका त्यस्ता अपराध र अपराधीक मनाेवृति बारे पटक्कै था थियन हाेला त । सदनाँ बाेल्नेभनेर नाम लेखाका सांसद सामाजिक सञ्जालाँ भाईरल भा काे सम्चार र तस्विर देखेछि सभामुखलाई थाहै नदिई सुटुक्क भागेछि विचरा सभामुख ,`माननीय कार्कीलाई सदनमा बाेल्न दिन्छु´ भनेर कराई रहँदा उनी सदनाँ नभाकाे कुराथा भएछि बल्ल पाे रास्वपाका सांसदबीच कानेखुसी हुन थाल्याे ।सदनबाटै हराएका माेरङ २ का रास्वपाका सांसद कृष्ण कार्कीकाे खाेजि पाटि वा सरकारले गरेर उनलाई कार्वाही गर्ला कि नगर्ला त्याे भने हेर्न बाँकी नै छ ।ेे
* बिरसिक्का*





