सामुदायिक कुकुर बन्ध्याकरण अभियान सम्पन्न : २८१ कुकुरलाई रेबिज खोप र रेडियम बेल्ट

बाँके ,५ जेठ ।
नेपालगञ्ज उपमहानगरपालिकाले सामुदायिक कुकुरबाट फैलिन सक्ने रेबिजजन्य रोग नियन्त्रण तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको चारदिने सामुदायिक कुकुर बन्ध्याकरण शिविर सम्पन्न गरेको छ ।
उपमहानगरपालिका पशु स्वास्थ्य सेवा शाखाका प्रमुख लक्ष्मी शाहीका अनुसार शिविरमार्फत नगरका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका सामुदायिक कुकुरको बन्ध्याकरण गरी रेबिजविरुद्धको खोप लगाइएको छ । साथै रातिको समयमा सवारी दुर्घटनाबाट जोगाउन कुकुरको घाँटीमा रेडियम बेल्ट समेत लगाएर पुनः समातिएकै स्थानमा छाडिएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिविरमा भाले र पोथी दुवै प्रकारका कुकुरको बन्ध्याकरण गरिएको हो । कार्यक्रम सञ्चालनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा कास्की, पोखरा फिल्ड अफिस–नेपालगञ्ज बाँकेको प्राविधिक सहयोग लिएको थियो ।
शिविरमा सक्रिय पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा कास्की, पोखरा फिल्ड अफिस–नेपालगञ्ज बाँकेका प्रमुख तथा पशु चिकित्सक डा. सुदर्शन भट्टराईले बिहान नगरका विभिन्न क्षेत्रमा पुगेर सामुदायिक कुकुर समात्ने र दिनभर ती कुकुरको बन्ध्याकरण तथा उपचार गर्ने काम गरिएको बताउनुभयो । उपचारपछि कुकुरलाई समातिएकै स्थानमा सुरक्षित रूपमा छाड्ने गरिएको उहाँको भनाइ छ ।
डा. भट्टराईका अनुसार सामुदायिक कुकुरमा लुतो, किर्ना, उपियाँ तथा विभिन्न प्रकारका ट्युमरजन्य समस्या समेत देखिएको थियो । बन्ध्याकरणको क्रममा ती समस्याको आवश्यक उपचार पनि गरिएको उहाँले जानकारी दिनुभयो ।
भेटेरिनरी अस्पताल तथा विज्ञ सेवा केन्द्र नेपालगञ्जका निमित्त प्रमुख डा. गणेशबहादुर पुनले उपमहानगरपालिकाले सञ्चालन गरेको एन्टिरेबिज भ्याक्सिन, रेडियम बेल्ट तथा बन्ध्याकरण कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो ।
यस्ता कार्यक्रमले रेबिज संक्रमण नियन्त्रणमा सहयोग पुग्नुका साथै मानिस र सामुदायिक कुकुरबीचको सहअस्तित्वलाई सुरक्षित बनाउन मद्दत पुग्ने उहाँको भनाइ छ ।
उपमहानगरपालिकाका अनुसार नगरका २३ वटै वडाका विभिन्न टोलबाट नियन्त्रणमा लिइएका कुल २ सय ८१ सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । साथै सबै कुकुरलाई रेबिजविरुद्धको खोप र रेडियम बेल्ट लगाएर छाडिएको छ ।
उपमहानगरपालिकाले यस्तो अभियानले रेबिज संक्रमणको जोखिम घटाउनुका साथै सामुदायिक कुकुरका कारण हुने सडक दुर्घटना समेत न्यूनीकरण हुने विश्वास व्यक्त गरेको छ ।
सामुदायिक कुकुर बन्ध्याकरण अभियान सम्पन्न : २८१ कुकुरलाई रेबिज खोप र रेडियम बेल्ट

बाँकेमा २४ चालकको परीक्षण, १४ जनामा लागुऔषध

सामुदायिक कुकुर बन्ध्याकरण अभियान सम्पन्न : २८१ कुकुरलाई रेबिज खोप र रेडियम बेल्ट

सामुदायिक कुकुर बन्ध्याकरण अभियान सम्पन्न : २८१

Leave a comment

Your email address will not be published. Required fields are marked *