प्रथम कर्णाली पर्यटन सम्मेलन हुँदै

सुर्खेत, १ जेठ । 

कर्णाली प्रदेशमा प्रथम कर्णाली पर्यटन सम्मेलन आयोजना हुने भएको छ । सम्मेलन आगामी ८, ९ र १० जेठमा सुर्खेतको वीरेन्द्रनगरमा हुने भएको छ । सम्मेलन नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना तथा होटल व्यवसायी महासंघ कर्णाली प्रदेशको समन्वयमा सञ्चालन हुन लागेको हो ।

सम्मेलनबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा मुल आयोजक समितिका संयोजक तर्कबहादुर शाहीले कर्णाली प्रदेशको पर्यटन विकास, प्रवद्र्धन तथा दीर्घकालीन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको बताए । उनका अनुसार सम्मेलनमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै भारतका उत्तर प्रदेश, उत्तराखण्ड र दिल्लीबाट पर्यटन व्यवसायी, लगानीकर्ता, प्रतिष्ठित बायर–सेलर, सञ्चारकर्मी, ट्राभल भ्लगर, ट्रेड प्रोफेशनल तथा पर्यटन क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ ।

शाहीले भने, ‘कर्णाली प्रदेश प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, धार्मिक सम्पदा, साहसिक पर्यटन तथा अद्वितीय गन्तव्यहरूको धनी प्रदेश भए पनि अझै पर्याप्त रूपमा विश्वसामु परिचित हुन नसकेको अवस्था छ । सम्मेलनमार्फत पर्यटन प्रवद्र्धन, लगानी आकर्षण तथा व्यावसायिक सहकार्य विस्तार गर्ने लक्ष्य सम्मेलनको छ ।’

उनले कार्यक्रम केवल पर्यटन व्यवसायीहरूको भेटघाटमा सीमित नरही खरिदकर्ता र बिक्रेताबीच प्रत्यक्ष संवादको अवसर बन्ने बताए । सम्मेलनमार्फत कर्णालीका होमस्टेदेखि ठूला होटलसम्म तथा रारादेखि शे–फोक्सुण्डोसम्मका पर्यटन प्याकेजलाई सिधै अन्तर्राष्ट्रिय बजारसँग जोड्ने प्रयास गरिने जनाइएको छ ।

प्रथम कर्णाली पर्यटन सम्मेलन हुँदै

एमयूको उपकुलपतीको जिम्मेवारी पौडेललाई

प्रथम कर्णाली पर्यटन सम्मेलन हुँदै

स्वच्छ वातावरण निर्माणमा अधिकारकर्मीहरुको जोड 

Leave a comment

Your email address will not be published. Required fields are marked *