घुयँत्राे:”ट्राफिक कि ‘टार्गेटफिक’? सडकमा नियमभन्दा जरिवानाको खोज!”

ऐले देशाँ ट्राफिक पुलिस साह्रै बदनाम भा छ । कार्नालितिर त झन पुलिसकाे दवदवा यति धेरै रैछ कि जुनकुरा कर्नालिका सत्ताधारी सांसदलेनै सदनमा चर्काे आवाजमा सदनलाई सुनाएका छन । गाडिवालाले कुनैनियमनै उलंघन नगरेनि त्यसलाई राेकेर गाडिलाई ओल्टाई पल्टाई नियालेर कुनै न कुनै खाेट देखाएर जरिवाना असुल गर्ने प्रवृतिकाे चर्काे परिणामले ऐले मानिसहरु ट्राफिकपुलिस विरुद्ध सडकमा मात्रै हैनसदनमा समेत आवाज उठन थालेका छन । हाई वे देखि शहर बजारका ठाउँ ठाउँमा गाडि राेकेर जरिवाना गर्न पुलिसलाई उक्साउने मुख्य आधार चाइँ असुल गरिएकाे जरिबानाबाट २५ प्रतिसत रकम जरिवाना अशुल गर्नेलाई दिने नियम बनाएका कारण नै पुलिसहरु यसरी मरिहत्ते गरेर जरिवाना अशुल्नतिर लागेका हुन । जब याे कमिसननै बिकृति बनेकाे हाे भने सरकारले याे नियमकाे विकल्प खाेज्नु पर्ने हाे तर खाेजिएकाे छैन । जनताका सुरक्षाका लागि स्थापना भएका सरकारी निकायका ब्यक्तिहरुबाटनै जनतालाई सास्ती दिने हाे र सरकार टाेलाएर बस्ने हाे भने जनताले काेसित गएर आँफु सुरक्षित भएकाे वा हुने अनुभूति गर्ने हाे । ट्राफिक पुलिस हाेस वा नेपाल पुलिस या सशस्त्र , उनिहरुकाे युनिफर्म देख्ने बित्तिकै जनता लगलगि काम्दै हिँडने अबस्था आउने हाे भने त्यस्ता सरकारी निकाय राख्नुकाे के आैचित्य हने । एकातिर जनताकाे सुरक्षा गर्ने निकाय पनि भन्दै जाने अर्काेतिर तिनैलाई जनताका विरुद्ध प्रयाेग गरेर सरकार नै अशान्ति फैलाउनतिर लाग्ने हाे भने त्याे सरकार जनताकाे सरकार कसरी हुन सक्छ र? ऐले ट्राफिक पुलिसले जसरि कराेडाैँकाे संख्यामा जरिवाना अशुल गरेकाेछ । त्यसलाई हेर्दा ट्राफिक पुलिसकाे स्थापना जरिवाना अशुल गर्नका लागि मात्रै भएकाे जस्ताे देखिन्छ । उनिहरुकाे रात दिनकाे साेच गाडि कम दुर्घटना हुन मानिसले सहज यात्रा गर्न सकून ,सहज यात्राका लागि आँफुहरुले बढिभन्दा बढि सहयाेग गर्नपाईयाेस , यात्रुहरु सजिलै गन्तब्यमा पुगून भन्दा पनि सडकमा गुडने हरेक गाडिकाे जरिबाना काटेर आज यति रुपैयाँ कमाउन पाए हुन्थ्याे भन्ने मात्रै साेचले गर्दा पुलिसहरु यात्रु र जनताकाे नजरमा यति गिरेका छन कि कुनै पनि यात्रुले पुलिसप्रति सकारात्मक धारणा बनाउँदैनन । अब देशाँ पुराना दलकाे सरकार छैन । नयाँ जाेश जाँगर र परिवर्तनकाे सम्बाहक दलकाे सरकार आएकाेछ । देशले युवा प्रधानमन्त्री पाएकाेछ र यात्रुहरुलेनि यात्राकाे क्रममा बिनाराेकथाेक गन्तब्यमा पुग्ने चाहना राखेका हुन्छन त्यै कुरालाई मध्ये नजर गर्दै सरकारले पनि याे ट्राफिक पुलिसकाे गल्छि र गाैँडा कुरेर जरिबाना काटने खेल तथा नेपाल पुलिसले सडकका ठाउँ ठाउँमा गरालाे तेर्स्याएर १७ ठाउँमा चेक गरेर यात्रुलाई दुखदिने कामकाे अन्त्य गर्नेतिर साेच बनाउनु पर्दछ । माओवादिकाे युध्दकाल र संकटकालका ब्यवहारहरु दाेहर्याएर सडकमा गरालाे र ड्रम तेर्स्याएर यात्रुहरु गाडिमा यात्रा गर्दा अपराधिहरु आएझैँ गरि केर कार र नामनामेसि दर्ता गरि राख्नु के अब पनि उचित हुन्छ र ? कि देश अँझै पनि शंकटकालबाट बाहिर निस्केकाे छैन र ? हैन भने याे साँच्चिकै जनताकाे सरकार हाे भने यस्ता विकृतिकाे समाधान खाेज्नु पर्छ । हैन भने त हिजाेकाे सरकार र आजकाे सरकारमा के फरक भयाे त ?! अनि हामिले हिजाेकाे सरकारले भन्दा राम्रो गर्छम् भनेर दुईतिहाई ल्याएकाे अर्थ
के त !? के सरकारले यतातिर साेच्न भ्याउला ।?

घुयँत्राे:”ट्राफिक कि ‘टार्गेटफिक’? सडकमा नियमभन्दा जरिवानाको खोज!”

कोदोको पिठो बेचेर महिलाको घरखर्च!

घुयँत्राे:”ट्राफिक कि ‘टार्गेटफिक’? सडकमा नियमभन्दा जरिवानाको खोज!”

बाँके पूर्ण खोपयुक्त जिल्ला कायम : ११

Leave a comment

Your email address will not be published. Required fields are marked *