वीरेन्द्रनगरबाट ६ जुवाडे पक्राउ

सुर्खेत ,२९ चैत ।
सुर्खेतमा ६ जना जुवाडे पक्राउ परेका छन् । शनिबार दिउँसो जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदीस्थित ललित केसी नाम गरेका व्यक्तिको घरमा नगद राखेर जुवा खेलिरहेका ६ जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथमा १२ गड्डी ताससहित एक लाख ४७ हजार सात सय ९० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर–१०, का २७ वर्षीय शिशिर केसी, वीरेन्द्रनगर–७, का ३० वर्षीय डिकेन्द्र थापा, वीरेन्द्रनगर–९, का ३१ वर्षीय करण गुरुङ, वीरेन्द्रनगर–१२, का ४७ वर्षीय परशुराम सोति, ३७ वर्षीय ललित रेश्मी मगर र वीरेन्द्रनगर–१४, का ३३ वर्षीय निर्मल न्यौपाने छन् । उनीहरुलाई हिरासतमा राखेर थप अुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






