सुदूरमा एमबीबीएस पढाई सुरु हुँदै

धनगढी ,२७ चैत ।

आगामी शैक्षिकसत्रदेखि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अध्यापन सुरु गर्न आवश्यक सबै तयारी पूरा गर्ने निर्णय भएको छ । विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बुधबार बसेको विश्वविद्यालय सभा (सिनेट)को बैठकले उक्त निर्णय गरेको हो । विश्वविद्यालयका उपकुलपतिमा प्रा.डा. सुनीलकुमार जोशीले तत्काल आन्तरिक तयारी सकेर अध्यापन थाल्ने निर्णय भएको बताए । ‘अध्यापनका लागि झण्डै दर्जन जति नियमावली बनाइएको छ,’ उनले भने, ‘आजको बैठकमा तिनै नियमावलीमाथि छलफल भयो । छिट्टै पारित हुन्छ ।’ जोशीका अनुसार आगामी शैक्षिकसत्रदेखि विश्वविद्यालयमा एमबीबीएस, नर्सिङ, बीएस्सी एमएलटी, बी अप्टोमेटरीमा अध्यापन सुरु गर्ने तयारी छ ।

’एमबीबीएस ५० सिट, नर्सिङ ३० सिट, बीएस्सी एमएलटी २० सिट, बी अप्टोमेटरीमा २० सिटमा अध्यापन गर्ने तयारीमा छौँ,झ उनले भने । त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयको ७५ प्रतिशत छात्रवृत्तिको वित्तीय स्रोत पनि सुनिश्चित गरिसकेको छ । आर्थिक वर्ष २०८२/८३ को जेठ र असारका लागि चिकित्सकहरूको तलबबापत पाँच करोड बजेट प्राप्त भएको छ भने आगामी वर्षका लागि माग गरिएको दुई अर्ब ५३ करोड बजेटसमेत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा पेस भएको छ । यस्तै, विश्वविद्यालयमा रहेको शिक्षण अस्पताललाई पनि एक सय शैयाबाट तीन सय शैयामा स्तरोन्नति गर्ने तयारी रहेको जोशीले बताए । सिनेट बैठकले विश्वविद्यालय सभामा दुई जना महिला र दुई जना पुरुष सदस्य मनोनीत गरे पनि नाम खुलाइएको छैन । यसअघिका तीन बैठक संघीय राजधानीमा भएका थिए भने पहिलोपटक कैलालीको गेटामै बैठक बसेको हो । ऐनअनुसार विश्वविद्यालयको सर्वोच्च निकायको रूपमा सभा गठन गरिएको छ ।

विश्वविद्यालय सभाको अध्यक्ष विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षामन्त्री हुने व्यवस्था छ । यस्तै, सहकुलपति नै रहेका स्वास्थ्यमन्त्री सभामा सदस्य छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, उपकुलपति र गोदावरी नगरपालिकाका प्रमुख पनि विश्वविद्यालय सभामा सदस्य रहने ऐनमा व्यवस्था छ ।  यस्तै, अन्य विश्वविद्यालयका उपकुलपतिमध्ये एक जना पनि सभा सदस्य रहने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिसमेत रहेका प्रा.डा. हेमराज पन्तलाई विश्वविद्यालय सभा सदस्यमा पहिलो बैठकबाटै मनोनीत गरिएको थियो । त्यस्तै, विज्ञतर्फबाट प्रा.डा. जयराज अवस्थी, प्रा.डा. अम्मरराज जोशी, डा. लवदेव अवस्थी, सहप्राध्यापक अनुराधा रोकाया, डा. डम्मरबहादुर पाल, प्रा.डा. संगीताराज भण्डारीलाई पनि सभा सदस्यमा मनोनीत गरिएको थियो । विश्वविद्यालयका रजिस्ट्रार भने सदस्य सचिव रहने ऐनमा व्यवस्था छ । विश्वविद्यालय सभाको बैठक कम्तीमा चार महिनामा हुनुपर्ने पनि ऐनमा उल्लेख छ ।

सुदूरमा एमबीबीएस पढाई सुरु हुँदै

डुडुवामा २४ सै घण्टा सेवा दिने  आधारभूत

सुदूरमा एमबीबीएस पढाई सुरु हुँदै

लुम्बिनी प्रदेश सभाको दशौं बैठक बस्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *