राष्ट्रिय आर्थिक गणना २०८२ सफलतापूर्वक सम्पन्न, २०७५ को पहिलो गणना भन्दा ३८ % बढि विवरण सङ्कलन

हस्त चाैलागाँई
कालिकाेट ,२१ असार।

नेपाल सरकार, राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सञ्चालन गरिएको राष्ट्रिय आर्थिक गणना–२०८२ कालिकोट जिल्लामा सफलतापूर्वक सम्पन्न भएको छ।
जिल्लाभर सञ्चालन गरिएका आर्थिक गतिविधिको यथार्थ विवरण सङ्कलन गर्दै गणना कार्यक्रम निर्धारित समयमै सम्पन्न गरिएको हो।
राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत जिल्लाका सबै स्थानीय तहमा गणक तथा सुपरिवेक्षक परिचालन गरी उद्योग, व्यापार, सेवा, होटल, वित्तीय संस्था, कृषि तथा अन्य आर्थिक प्रतिष्ठानहरूको विवरण प्रश्नावली प्रणाली मार्फत सङ्कलन गरिएको थियो।
जिल्ला आर्थिक गणना कार्यालय कालीकोटका अनुसार गणना अवधिभर प्राप्त भएका प्रश्नावली तथा अनलाइन प्रणालीमा प्रविष्ट विवरणको नियमित अनुगमन, परीक्षण तथा प्रमाणीकरण गर्दै २०७५ काे पहिलाे गणना भन्दा ३८ % ले बढी आर्थिक प्रतिष्ठानको विवरण सङ्कलन गरिएको छ।
छुट भएका केही विवरणसमेत पुनः सम्पर्क गरी अद्यावधिक गरिएको कार्यालय प्रमुख वसन्त रजाैरेले बताए ।
राष्ट्रिय आर्थिक गणना–२०८२ सफलतापूर्वक सम्पन्न हुनु सबै सरोकारवाला निकाय, स्थानीय तह, उद्योगी–व्यवसायी, गणक, सुपरिवेक्षक तथा आम नागरिकको सक्रिय सहयोगको परिणाम भएको जिल्ला आर्थिक गणना कार्यालय कालीकोटका प्रमुख रजाैरेले बताए ।
उनले यस गणनाबाट सङ्कलित तथ्याङ्कले देशको आर्थिक अवस्था यथार्थ रूपमा प्रतिबिम्बित गर्दै आगामी नीति निर्माण, विकास योजना तर्जुमा तथा लगानीमैत्री वातावरण सिर्जना गर्न महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास व्यक्त गरे ।
यस गणनाबाट प्राप्त तथ्याङ्कले नेपाल सरकारलाई राष्ट्रिय तथा स्थानीय तहको आर्थिक नीति निर्माण, विकास योजना तर्जुमा, निजी क्षेत्रको लगानी प्रवर्द्धन, रोजगारी तथा आर्थिक गतिविधिको वास्तविक अवस्था विश्लेषण गर्न महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा राखिएकाे कार्यालय प्रमुख रजाैरेले बताएका छन् ।

कार्यालयकाे तथ्यांक अनुसार कालिकाेटमा २०७५ को गणनामा ३५३५ को आर्थिक गणना भयकोमा २०८२ मा ४८६४ कागजी प्रश्नावली मार्फत र २७ वटा इ सेन्सकको माध्यामबाट गरि जम्मा ४८९१ आर्थिक क्रियाकलाप
गर्ने प्रतिष्ठान/ब्यबसायहरु सन्चालनमा रहेकाे पाईएकाे छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *