जुम्लाकी छाेरी सुनमायाले बिश्व जितिन्

गाेल्डेन बुढा

जुम्ला,१९ असार ।
जुम्लाको सदरमुकाम खलंगा देखि विकट गाउँ पेरे पुग्न झन्डै दुईघण्टा लाग्छ। पैदल हिँडेपछि ४ घण्टमा पुगिन्छ।उक्त गाउँ पातारासी-२ मा पर्छ।त्यहीँ गाउँ हो,धावक सुनमाया बुढा जन्मेको सानै भए पनि छोरीले सरकारी जागिर गर्नुपर्छ भन्ने उनका बुबा गाेरबहादुर र आमा मुनकली बुढाको चाहना थियो।सामान्य परिवारमा जन्मिएकी सुनमायाका बाबु आमाले कक्षा १० को परीक्षा दिइसकेपछि गाउँभन्दा बाहिर गएर पढाउन नसक्ने बताइसकेका थिए ।बरु पढाइको साटो उनलाई बुबाआमाले बिहे गर्ने सुझाव दिएका थिए।बुबाआमाको भनाइ थियो, ‘बिहे गरेर पनि पढ्दा हुन्छ, हामीसँग आर्थिक अवस्था पनि राम्रो छैन।’तथापी इच्छा र चाहना भएपछि कसैको केही लाग्दो रहेनछ।उनी बिहे गर्ने प्रस्ताव अस्वीकार गरेर सदरमुकाम खलङ्गा लागिन्।पढ्छु भनेर सदरमुकाम आएकी उनको ध्यान कलेजभन्दा खेलतिर केन्द्रित हुन थाल्यो । जहाँ इच्छा हुन्छ, त्यहाँ उपाय पनि हुन्छ भनेझैँ सुनमायाको जीवनमा पनि इच्छा अनुसारको बाटो खुल्यो।१० बर्षअघि ‘अल्ट्रा ट्रेल’ रनिङमार्फत डेब्यु गरेकी उनी अहिले विश्वसँग प्रतिस्पर्धा गरिरहेकी छन् । अल्ट्रा धावक भएर उनले कर्णालीको मात्र होइन, सिङ्गो देश चिनाइरहेकी छन्।‘सुरुमा मलाई गेम नेखेल, पैसा आउँदैन भन्थे सबैले तर, मैले खेलप्रतिको चाहनालाई त्याग्न सकिनँ।जसका कारण आज यहाँसम्म आइपुगेको छु।इटालीमा आयोजित लावारेडो अल्ट्रा ट्रेल १ सय २०केको १९औँ संस्करणकी विजेता भइन्।नेपाली अल्ट्रा धाविका सुनमाया बुढाले इटालीमा २७ जुनमा आयोजित १ सय २० किलोमिटरको लावारेडो अल्ट्रा ट्रेलको उपाधि जित्दै नयाँ इतिहास रचेकी छन् । उनले १ सय २० किलोमिटरको कठिन दूरी १३ घण्टा ३३ मिनेट १८ सकेन्डमा पार गर्दै नयाँ रेकर्डसमेत कायम गरिन् ।

उक्त ट्रेलमा ५ हजार ८०० मिटरभन्दा बढी दुरी उकालो छ । यो समयसँगै उनले ११ वर्षदेखि कायम रहेको कोर्स रेकर्डलाई ६ मिनेटभन्दा बढीले सुधारिन् ।प्रतिस्पर्धा अन्तिमसम्म निकै रोमाञ्चक बनेको थियो । अन्तिमतिरको ओरालो भागमा उनले अष्ट्रेलियाकी लुसी बार्थोलोम्युलाई उछिन्दै अग्रता लिइन् र अन्ततः करिब १ मिनेट ३० सेकेन्डको अन्तरले विजयी भइन् । यो जित बुढाको सन् २०२६ को पहिलो उपाधि हो।नेपालभन्दा त्यहाँ खाना, हावापानी फरक भएकाले केही गाह्रो भयो तर त्यहाँ हामीलाई सहयोग गर्ने मान्छ हुनुहुन्थ्यो । उहाँले सपोर्ट गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘यो रेसको बीचमा धेरै चेक प्वाइन्ट थिए । त्यहाँ पानी, खानेकुराहरू राखिएको हुन्थ्यो । एक मिनेटमा खानेकुराहरू खाएर सकाउनुपर्थ्यो ।’ उनका अनुसार यात्रामा उकालो–ओरालो जंगल, खोलानाला समेत थिए ।सुनमायालाई सबैभन्दा गाह्रो त रातको समयमा भएको डौड लाग्यो । निद्रा लाग्छकी भनेर चिन्ता थियो।,’ उनले भनिन्, ‘तर पनि हिम्मत हारिनँ, त्यो दौडलाई जितेरै छाडें ।’गत वर्ष उनले अन्ता हङकङ १०० अल्ट्रा (१०२ किमि), चेङ्दु ट्रेल (६० किमि), माउन्ट युन बाइ युटिएमबी (३० किमि) र अल्ट्रा ट्रेल केप टाउन (९९.४ किमि) गरी ४ अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेकी थिइन् । साथै, विश्व माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिप (८१.२ किमि)मा दोस्रो स्थान हासिल गर्दै उक्त प्रतियोगितामा पदक जित्ने पहिलो एसियाली खेलाडी बनेकी थिइन् । उनले हङकङ अल्ट्रामा पनि नयाँ कोर्स रेकर्ड बनाएकी थिइन् ।सन् २०२४ मा उनले चीनका २ र स्विट्जरल्यान्डको १ गरी ३ अन्तर्राष्ट्रिय प्रतियोगिता जितेकी थिइन् । सन् २०२३ मा ५ उपाधि जितेकी बुढाले सन् २०२२ मा युटिएमबी मोन्ट ब्लाङ्क (९९.१ किमि)मा दोस्रो स्थान हासिल गरेकी थिइन् भने सन् २०२१ मा एचओकेए चियाङ माई बाइ युटिएएबीको १०६.९ किलोमिटर दौडमा स्वर्ण पदक जितेकी थिइन् ।प्रतियोगिता आयोजकले सुनमायालाई ‘ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल–१२० के’ को ‘न्यु क्विन’ घोषणा गरेको छ । साथै उनको दौडको प्रशंसा गरेको छ।जुम्लामा जन्मिएर पनि सुनमायाको अहिले राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरमा चर्चा भयो। उनी अहिले पनि निरन्तर आफ्नो खेल कर्ममा अग्रसर भइरहेकी छन्। उनी २८ वर्षकी भइन् ।सुनमायाले विद्यालयस्तरदेखि अन्तर्राष्ट्रिय पुरस्कारहरु जितेकी छन् ।उनले यसअघिका विभिन्न दौडमा धरान म्याराथन, जुम्ला म्याराधन, व्रेथलेस रनिङ, एसएसआइजी, तेन्जिङ हिलारी, जुम्ला रारा अल्ट्रा, गोल्डेन वल्ड ट्रेल सिरिजमा सहभागी भएर पदक जितेकी छन्।उनी भन्छिन्, ‘जुम्लाका ती उच्च पहाडी भेगमा उकाली–ओराली गरेकी मलाई जसरी पनि प्रतियोगिता जितेर गाउँठाउँ, जिल्लामा मात्र होइन, देशको नाम चिनाउनुपर्छ भन्ने उद्देश्य हुन्छ।सुनमायालाई यसरी अन्तर्राष्ट्रिय स्तरमा आफ्नो नाम आउला भन्ने कहिल्यै लागेको थिएन । उनी भन्दा पहिला जुम्लाकै हरि रोकायाले पनि विश्व कीर्तिमान कायम गरेका थिए । जो सुनमायाका गुरु हुन्।उनको संघर्ष गेम खेल्दा गाह्रो हुन्छ नै।जुनसुकै रेसमा पनि सजिलो भन्ने हुँदैन । यद्यपि तालिम लिइरहेको छ भने सहन सक्ने क्षमताको विकास भइरहेको हुन्छ।जसले प्रतियोगितामा सहजता हुन्छ ।‘अहिलेसम्मको यात्रामा भुल्न नसक्ने क्षण कति छन् कति, गाउँबाट काठमाडौँसम्मको यात्रा नै हाम्रा लागि निकै ठुलो संघर्ष हो,’ उनी भन्छिन्, ‘खानादेखि लगाउने जुत्तासम्मको कुरामा सबै मिलाउन गाह्रो हुन्थ्यो।तालिम गर्दा डाइट खान पाउँदैनथ्यौँ, पैसा हुँदैनथ्यो।राम्रो जुत्ता हुन्थेन। भए पनि साइज नमिल्ने।ठुल्ठुलो साइजको जुत्ता लगाएर पनि दौडनुपरेको छ।’सुनमायाका लागि यी कुरा भुल्नै नसकिने क्षणका रुपमा मानसपटलमा बसेका छन्। उनलेे भनिन्,हाम्रो नेपाल सरकारले खेलाडीलाई सम्मान हुन सकेको बताइन्।सम्मान गर्न आर्थिक दिनुपर्छ,भने होइन,तर हाैसला,माया र स्नेह दिए पनि सम्मान हो, स्थानीय सरकार,प्रदेश र संघीय सरकारले उपेक्षा गरेको गुनासो गरिन्। खेल क्षेत्रमा राजनितीकरण भएको देखिन्छ्।सानैदेखि खेलतर्फ रुचि थियो। आर्थिक अभाव र परिवारको असहयोग । तर, पनि चाहनाले उनलाई डोर्याइरह्यो । ७ कक्षामा पढ्दै गर्दादेखि गेम खेल्न सुरु गरिन् ।विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डबाट उनको खेल करिअरको सुरुवात भयो।मेरो घरमासात छोरी छाैँ।राममाया बुढा मेरो घरको बहिनी हो,उ पनि खेलाडी हुन् । दुवै दिदीबहिनी अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रनरका रूपमा चिनिन थालेका छन् ।बहिनीले पनि मेरै बाटो पछ्याइरहेकी छ ।’ पहिले जसले कुरा काट्थे, उनीहरूले नै अहिले ‘तेरो छोरीले नाम कमाएकी छ’ भनेर बुवा–आमालाई सुनाइरहेका हुन्छन्।मेरो र बहिनीको उमेर तीन वर्षको फरक छ ।खेलप्रतिको रुचि, लगाव र निरन्तर संघर्षले आज एक सफल धावक बनिन् उनी ।गुरु हरि रोकायालाई श्रेय दिन भुल्दिनन् सुनमाया । ‘गुरुजस्तै बन्न सक्नु पर्छ भन्ने सोचिरहन्थेँ, गुरुकै प्रेरणाले आँट आउँथ्यो,’ उनी भन्छिन्।सुनमायाले सन् २०१६ देखि रनिङ गर्न थालेकी हुन् ।उनले पहिलो पटक ‘ट्रेल रेस’मा सहभागी भएको काठमाडौंको गोदावरीमा हो। जहाँ १२ किलोमिटरको ‘ट्रेल रेस’ जितेकी थिइन् ।उनी भन्छिन्, ‘खेल खेल्न सुरु गर्दाको चार बर्षसम्म पनि परिवारबाट मलाई गेम नखेल्न आग्रह आइरहन्थ्यो । तर अहिले परिवारको सपोर्ट निकै छ।तर आमाले अब घरबार सम्हाल्नुपर्छ भन्नुहुन्छ ।’अझै खेलहरु खेल्ने र देशलाई नै चिनाउने सपना सुनमायाको छ। अझै यात्राका माइलहरु बाँकी नै रहेको उनी बताउँछिन्।अझै यात्राका माईल बाँकी नै छन्,’ उनी भन्छिन्, ‘मभन्दा पछाडि आउनेहरुलाई सिकाउने चाहना छ ।’समग्र देशको नाम उँचो पार्ने र अझ कर्णालीको परिचयलाई फराकिलो बनाउने उनको सपना छ । ‘सपना पूरा होला, नहोला तर, जिन्दगीमा हर कोहीले केही न केही सपना बुन्नुपर्ने नै हुन्छ,’ उनी भन्छिन्, ‘भविष्य कसले पो देखेको छ र !’ उनका बुबा गाेरबहादुर आमा मुनकली भन्छन्,छाेरीकाे सुन्दा गर्व लाग्छ, विकट गाउँमा सामान्य लेखपढ गर्ने वातावरण थिएन्,छाेरीका कारणले अहिले हामी चिनिने भयो।उनलेे भने।कुनै बेला विवाहका लागि दबाब दिएका थियौं,तर गलतीकाे महसुल गरे,जस्तो लाग्छ।प्रशिक्षक हरिबहादुर राेकायाले। भने सुनमाया र राममाया आफ्नै मिहिनेतले अघि बढेको बताइरहेका छन् । ‘उनीहरू आफैंले मिहिनेत गरेर यहाँसम्म आइपुगेका हुन्,’ जुम्लाका किशोरकिशोरीलाई खेलाडी बनाइरहेका उनी भन्छन्, ‘बच्चा बेलादेखि सुनमाया र राममायालाई प्रशिक्षण दिँदै आएको हुँ । उनीहरू राम्रा खेलाडी हुन् ।’
को हुन् सुनमायाका गुरु धावक हरि रोकाया
जुम्लाको चन्दननाथ नगरपालिका–४ जुम्लाका हरिबहादुर रोकाय उमेरले ६४ वर्षका भए । बुढ्यौलीमा पनि उनी युवा अवस्थाजस्तै जोसिला छन्। दशक देखि खेलकुदमा सक्रिय भएर नेपालको नाम राखेका उनी अहिले पनि बिहान ५ बजे नै उठेर दौडिन थाल्छन्।सानोमा उनका बाबुआमाको इच्छा थियो,छोराले सरकारी जागिर खाओस् ।तर उनी भने कक्षा ९ उतीर्ण भएपछि खेल्न थाले । तीनपल्टसम्म एसएलसीको फारम भरे।तर, परीक्षा दिने बेला कुनै न कुनै प्रतियोगितामा जानुपर्ने भएपछि एसएलसी उतीर्ण गर्न सकेनन् ।

राम्ररी पढ्न नपाए पनि खेलमा भने आफूले उत्कृष्ट काम गरेकामा सन्तुष्टि पोख्छन् ।खेलबाटै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउन पाएँ, त्योभन्दा ठूलो गौरव के छ र रु अब उनको धोको छ,आफूजस्तै कम्तीमा सयौं खेलाडी उत्पादन गर्ने। हरिबहादुर भने खेलक्षेत्र छोड्न नसक्दा जुम्लामा बस्दै आएको छु। उनका जेठा छोरा पाइलट हुन् भने कान्छा डाक्टर छन्।श्रीमती, बुहारी र नातिनातिनी काठमाडौंमै बस्छन् ।म परिवारसँग बसेपछि खेलाडीलाई कसले उत्प्रेरणा र प्रशिक्षण दिने हो भन्ने पीर लाग्छ,उनले भने,म चल्न र हिँड्न सक्ने बेलासम्म खेलाडीहरूलाई प्रशिक्षण दिनेछु,हरिबहादुरले प्रशिक्षण दिएका दुर्गा बुढा, विश्वरुपा बुढा, लक्ष्मी न्यौपाने, राजन रोकाय, रेजिना भण्डारी, लोकबहादुर भण्डारी, राममाया बुढा,सीता न्यौपानेलगायत खेलाडीहरू राष्ट्रियस्तरका राम्रा खेलाडी हुन्।रोकायले २०४५ सालमा नेपालको सर्वोत्कृष्ट खेलाडीको रूपमा स्वर्ण पदक प्राप्त गरेका थिए।२०५२ सालयता उनी प्रशिक्षक छन्।उनले अहिले पनि दैनिक दर्जनौं खेलाडीलाई प्रशिक्षण दिन्छन् । सन् १९८७ को नोभेम्बर २७ मा भएको एभरेस्ट म्याराथनमा प्रथम भएर उनले विश्व कीर्तिमान कायम गरे।उनले २०४४ देखि ४६ सम्म लगातार तीन वर्ष पदक हात पारे।उनी ५ हजार र १० हजार मिटरमा दौडिएर कीर्तिमान बनाउँदै वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।सन् १९८८ मा सोल ओलम्पिक दक्षिण कोरिया र १९९२ मा बार्सिलोना ओलम्पिक ९स्पेन० खेलेका उनले १९९३ र १९९५ मा भएको विश्वव्यापी एभरेस्ट म्याराथनमा भाग लिएर दुवैमा दोस्रो भए । सन् १९९७ मा स्वर्ण पदक हात पारे भने १९९९ मा ३ घण्टा ५९ मिनेट ५६ सेकेन्डको विदेशी खेलाडीले राखेको कीर्तिमानी समय भंग गर्दै ३ घण्टा ५६ मिनेट ५६ सेकेन्डबाट विश्व कीर्तिमान कायम गरेका थिए ।त्यसको अर्को वर्ष सन् २००० मा ३ घण्टा ५० मिनेट २३ सेकेन्डमा दुरी पूरा गर्दै एभरेस्ट म्याराथनमा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरे।दुई ओलम्पिक, ४ दुई दक्षिण एसियाली खेलकुद, १३ राष्ट्रिय र २९ अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी जनाएपछि उनले आफ्नो खेलजीवन टुंग्याएका थिए । उनले झन्डै २७ वर्ष ट्र्याकमा दौडिए, २०३९ सालमा जुनियर राष्ट्रिय च्याम्पियनसिपका लागि छनोट भएर खेल्न सुरु गरेका उनी खेलाडी जीवन धेरै कठिन हुने बताउँछन् । जुम्लाका धावक हरिबहादुर रोकायले सन् २००० मा गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाउन सफल भएका थिए।

जुम्लाकी छाेरी सुनमायाले बिश्व जितिन्

स्तनपान सम्बन्धि अभिमुखिकरण सम्पन्न

जुम्लाकी छाेरी सुनमायाले बिश्व जितिन्

अधुरा आयोजना अघि बढाउने नवाैँ जिल्ला सभाको

Leave a comment

Your email address will not be published. Required fields are marked *