सदरमुकाम खलंगामा जुम्ली घोडा दौड

गाेल्डेन बुढा
जुम्ला,१३ असोज।
जुम्लाको चन्दननाथ नगरपालिका-५ अवस्थित राजासिम मैदानमा जुम्ली घोडादौड प्रतियोगिता गरिएको छ। पछिल्लो समयमा घोडाहरु लोप हुँदै गइरहेको भन्दै हरेक वर्षको फुलपातिकाे दिनमा घोडादौड गरिँदै आएको छ ।घोडादौडमा १९ वटा घोडा दौडिएका थिए । कर्णाली राजमार्ग सञ्चालनमा आएसँगै जुम्ली घोडा लोप हुँदै गएको किसानहरुले बताएका छन् । ‘घोडा दौडले किसानहरु घोडा संरक्षण अभियानमा जुटेका छन्,’ घोडापालक जयकृष्ण धरलाले भने, ‘अब हरेक घरमा घोडापालन गर्नुपर्ने प्रावधान ल्याउनुपर्ने देखिन्छ।’संस्कृति संरक्षण तथा प्रवर्द्धन समितिको समन्वय, पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाको सहयोग र चन्दननाथ नगरपालिकाको आयोजनामा जुम्ली घोडादौड गरिएको थियो ।जिल्लाको चन्दननाथ, पातारासी, सिंजा र गुठीचौर गाउॅपालिकादेखि घोडाहरु दौडाउनको लागि ल्याइएको थियो । घोडाको चाल, पालित र रेसमा मूल्यांकन गरिएको थियो।कालीप्रसाद न्याैपानेकाे घाेडा प्रथम,रविन्द्र बाहेराकाे घाेडा द्वितीय र लाेकप्रसाद न्याैपानेकाे घाेडा तृतीय भएको थियोे।पुरस्कार क्रमशः १५ हजार र,१० हजार र ५ हजार रुपैयाँ र प्रमाणपत्र दिइएको छ। चाल/कदम तर्फ राजेन्द्र राेकायाकाे घोडा प्रथम भएको छ । हर्क बहादुर शाहीको घोडा द्वितीय र गणेश शाहीको घोडा तृतीय भएकाे छ।क्रमशः पुरस्कार ५ हजार,३ हजार र दुई हजारसहित प्रमाणपत्र उपलब्ध गराइएको थियोे ।यसैगरी पालित तर्फ अमृत बुढा प्रथम, राजकुमार बुढाको घोडा द्वितीय र अंगराज बुढा र रामकुमार बुढाकाे घोडा तृतीय भए।क्रमशः पुरस्कार ५ हजार,३ हजार र १ हजार ५ सय रुपैयाँ सहित प्रमाणपत्र उपलब्ध गराइएको थियोे ।हरेक वर्ष दसैँको फूलपातीको दिन पारेर घोडा दौड प्रतियोगिता आयोजना गरियो। प्रतियोगितामा पालित, कदम र खुला गरी तीन वटा विधामा पुरस्कार प्रदान गरिएको छ।घोडापालक जयकृष्णले हरेक वर्ष घोडा दौड हुने भएकोले किसानहरु उत्साहित हुने गरेको बताए । घोडा दौड हेर्नकै लागि गाउॅगाउॅदेखि दर्शकहरु आएका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायत, उपप्रमुख रामदेवी खड्का र सर्वसाधारणहरु घोडा दौड हेर्न राजासीम पुगेका थिए ।
यस अघि २०५५÷०५६ सालमा जुम्ला विमानस्थल पक्की भएपछि परम्परादेखि चल्दै आएको घोडा दौड प्रतियोगिता रोकिएको चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले बताए । उनलेे भने,’आर्थिक वर्ष २०५५/०५६ साल सम्म जुम्ला विमानस्थलमा घोडा दौडाइन्थ्यो । जब विमानस्थलको धावनमार्ग पक्की बन्यो । घोडा दौडाउन रोकियो,’अहिले दशक अघि देखि निरन्तर चलिरहेको छ ।’पहिले जुम्ली घोडाले प्रत्येक सरकारी कार्यालयको सवारीको काम गर्दथ्यो । विकाससँग जोडिएका सवै कार्यालयमा घोडा पाल्थे । कर्णालीमा सडकले छोएपछि जुम्ली घोडाको महत्व हराउँदै गयो ।यसले जुम्ली घोडाको क्रेज घटेको छैन भन्ने देखिन्छ । यस्तै ‘ पछिल्लो समयमा दसैंमा गाउँका युवाहरु मिलेर घोडा दौडाउन थालेका छन् । उनीहरुले सदरमुकाम केन्द्रीत घोडादौडलाई गाउँ केन्द्रीत बनाउन थालेका हुन् । जुम्लाको गुठिचौरमा गुठिचौर गाउँपालिकाकाे आर्थिक सहयोग र गुठिचाैर युवा क्बले घोडादौडको आयोजना गरेको हो ।

प्रतियोगितामा गुठिचौर गाउँपालिका वडा -२ का शंकर राेकायाकाे घाेडा प्रथम, १ का सुरेन्द्र थापाकाे घाेडा द्वितीय र २ कै अस्टमन बोहोरा तृतीय भए प्रथम, द्वितीय, तृतीय हुनेलाई क्रमश १५ हजार, १० हजार, ५ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।भने तीन जना महिला घाेडादाैड प्रतियोगिलाई सम्मान गरिएको थियोे।परम्परागत यातायातको साधनको रुपमा परिचित जुम्ली घोडाको थप प्रवर्द्धन गरि ‘जुम्ली घोडा संरक्षण र चर्चित पर्यटकीय क्षेत्र गुठिचौरको प्रवर्द्धनका लागि प्रतियोगिता गरिएको हो,’ प्रतियोगितामा ४१ घोडा सहभागी भएका थिए ।






