लुम्बिनी प्रदेश सभा छैठौं अधिवेशनको एघारौं बैठक आज बस्दै

१४, जेष्ठ २०८२
दाङ।लुम्बिनी प्रदेश सभा छैठौं अधिवेशनको एघारौं बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकका लागि तीन वटा सम्भावित कार्यसूची तय गरिएको छ ।
बैठकमा “प्रदेश विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता” सम्बन्धी छलफललाई निरन्तरता दिइनेछ । छलफलमा उठेका प्रश्नहरूको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूचीमा उल्लेख गरिएको छ ।

यस्तै, विभिन्न समितिका प्रतिवेदनहरू पेश गरिनेछ । साथै, समितिहरूको हेरफेरसम्बन्धी जानकारी सभामुख तुलाराम घर्तीमगरले प्रदेश सभालाई गराउने सम्भावित कार्यसूचीमा समावेश गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिनुभयो।

लुम्बिनी प्रदेश सभा छैठौं अधिवेशनको एघारौं बैठक आज बस्दै

सुर्खेतमा ६२ हजार सवारी कारवाहीमा पर्दा चार

Leave a comment

Your email address will not be published. Required fields are marked *