व्यावसायिक फूलखेतीबाट रु आठलाख आम्दानी 

कैलाली, ३० कार्तिक । 

कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीकी सुशीला विष्टले व्यावसायिक फूलखेतीबाट राम्रो आम्दानी लिन थालेका छन् । फार्म दर्ता गरेर विगत दुई वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आउनुभएकी उहाँले फूल बिक्रीबाट मनग्य आम्दानी गर्न थालेका हुन ।

दुई बिघा जग्गा भाडामा लिएर व्यावसायिक फूलखेती गर्दै आएको बताउँदै विष्टले फूलबाट वार्षिक रु २० लाखसम्मको कारोबार हुने गरेको बताए । आम्दानी राम्रै हुन्छ । कामदारलगायत सबै खर्च कटाएर वार्षिक रु आठ लाखसम्म बचत हुन्छ । बाह्रै महिना फूल उत्पादन हुन्छ, यस वर्षको दसैँतिहारमा मात्र करिब रु १० लाखबराबरको कारोबार भएको उनले बताए ।

उनले भने, “मूल्य समयअनुसार फरकफरक हुन्छ । फूल प्रतिकिलो रु एक सय ५० देखि पाँच सयसम्म र प्रतिमाला रु ६० देखि रु एक सयसम्ममा बिक्री गर्ने गरिएको छ ।” उनले भने, “चार जनाको परिवार छ । यसबाटै भएको आम्दानीले घरखर्च सहजै चलेको छ । बचत पनि राम्रै हुन्छ । स्वरोजगार बनिएको छ ।”

धनगढी उपमहानगरपलिकाले दिएको फूलखेतीसम्बन्धी एकहप्ते तालिम लिएर फूलखेतीमा लागेको बताउँदै उनले सयपत्री, गुलाब, रजनीगन्धा, सूर्यमुखी, सुपारीलगायतका फूल उत्पादन गर्दै आएको बताए । उनले आफ्नो फार्ममा आठ जनालाई प्रतिव्यक्ति रु छ सयका दरले दैनिक ज्याला दिएर रोजगारी दिएको बताए ।

उनले व्यावसायिक फूलखेतीबाट राम्रै आम्दानी हुने भए पनि फूलको बीउ र मलखाद पाउन अप्ठ्यारो हुने गरेको बताए । फूलखेतीका लागि कृषि विकास निर्देशनालय र धनगढी उपमहानगरपालिकाबाट प्लाष्टिक टनेल, सिँचाइ बोरिङ, थोपा सिँचाइमा अनुदान समेत पाएको बताए । फूलखेतीमा बीमा पोलिसी नभएको बताउँदै उनले बीमा पोलिसी भए फूलखेती गर्ने किसानलाई अझै सहज हुने बताए ।

व्यावसायिक फूलखेतीबाट रु आठलाख आम्दानी 

शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन

व्यावसायिक फूलखेतीबाट रु आठलाख आम्दानी 

बालबालिकामा कुपोषण दर उच्च

Leave a comment

Your email address will not be published. Required fields are marked *