“प्रतिगामी षड्यन्त्र परास्त गर्न एमाले अगाडि बढ्छ : महासचिव पोखरेल”

बाँके,३० कार्तिक ।

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देशलाई समृद्धि र विकासको मार्गबाट पछाडि धकेल्ने सबै प्रकारका षड्यन्त्रहरू परास्त गर्ने सङ्गठित शक्तिको रूपमा एमाले उभिने दाबी गर्नुभएको छ।

शनिबार नेपालगन्जमा नेकपा (एमाले) बाँके जिल्ला कमिटीले आयोजना गरेको जनप्रदर्शन तथा जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले भन्नुभयो, “एमाले देशको प्रमुख राजनीतिक दल भएकाले सबैखाले प्रतिगामी षड्यन्त्र असफल पारेर छोड्छ।” उहाँले भ्रष्टाचार अन्त्य, सामाजिक न्याय र सामाजिक सञ्जालको स्वतन्त्रताका पक्षमा भइरहेको शान्तिपूर्ण ‘जेनजी’ आन्दोलनलाई बदनाम गर्न मानवनिर्मित ढाल बनाएर तोडफोड मच्चाइएको आरोप समेत लगाउनुभयो।

पोखरेलले देशलाई अस्थिरता र द्वन्द्वतर्फ धकेल्न खोज्ने तत्वहरू सक्रिय रहेको बताउँदै त्यसलाई जनशक्तिको बलमा परास्त गर्न एमाले प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

एमाले बाँकेका अध्यक्ष निरक गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोलिटब्युरो सदस्य शान्ति चौधरी, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज शान्ति ढकाल, सूर्य ढकाल, मोहम्मद हारुन, दीपा शर्मा, समरबहादुर खत्री, भाष्कर काफ्ले, कुश्माखर बस्याललगायतले मन्तव्य राख्दै एमालेविरुद्ध भइरहेको घेराबन्दी कार्यकर्ताको एकता र शक्तिका आधारमा तोडिने दाबी गर्नुभयो।

कार्यक्रममा सहभागी नेताहरूले संघीयता, सुशासन र विकासका एजेन्डालाई अघि बढाउन एमालेले अझ शक्तिशाली रूपमा जनताबीच जाने भरोसा व्यक्त गरेका थिए।

 

“प्रतिगामी षड्यन्त्र परास्त गर्न एमाले अगाडि बढ्छ : महासचिव पोखरेल”

जुम्लामा हराएको ४२ हजार ९ सय रुपैयाँ

“प्रतिगामी षड्यन्त्र परास्त गर्न एमाले अगाडि बढ्छ : महासचिव पोखरेल”

सम्पादकीय : पारदर्शी विकास नीति कार्यान्वयनको खाँचो

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds