जुम्लाबाट भागेका चार जना कैदी फर्किए

गाेल्डेन बुढा
जुम्ला,२६ भदौ।
जुम्ला कारागारबाट भागेका तीन जनालाई कैदी फर्किएका छन्। भागेका ३६ जना मध्ये चार जना फर्किएका हुन्। उनीहरु कैद कटान गर्ने समयमा निकै कम भएकोले आफूहरु फर्किएको बताए।मंगलबार राति जुम्लाको चन्दननाथ नगरपालिका -६ मा अवस्थित जुम्ला कारागारबाट ४१ जना भाग्न खाेजे पनि तत्कालै प्रहरीले ५ जनालाई प्रहरीले नियन्त्रण लिसकेकाे थियाे।३६ जना कैदीबन्दी भागेका थिए। नेपाली सेनाको टोली तत्काल नै कारागार पुगी भागिरहेका कैदीलाई पक्रेर जेल प्रशासनलाई बुझाएको थियोे । स्थिति नियन्त्रणमा लिएको हुंदा कुनै पनि अप्रिय घटना हुन सकेन्।जसमध्ये तीन जना फर्किएपनि ३२ जना अझै फरार छन्।

कारागारमा कुल ९८ जना कैदी थिए। अहिले ६६ कैदीहरु छन्।फरारहरुको खोजी कार्य भइरहेको छ।यस्तै जुम्लामा नेपाली सेनाले उच्श्रृङ्खल र अपराधिक गतिविधि नगर्न माइकिङ गररिहेकाे छ। यदि उच्श्रृङ्खल र अपराधिक गतिविधि गर्नेलाई कानुन बमोजिम कारवाही गरिने चेतावनी पनि दिइएको छ।देविदत्त गण जुम्लाका गणपति प्रमुख सेनानी धीरज थापाका अनुसार नेपाली सेनाको नेतृत्वमा जिल्ला स्थित सम्पूर्ण सुरक्षा निकायले संयुक्त रुपमा प्रभावकारी तरिकाले पट्रोलिङ्ग र सुरक्षा व्यवस्था कार्य गरिरहेको छ। जुम्लामा भएको आन्दोलनका कारण चन्दननाथ नगरपालिकाकाे कार्यालय, जुम्लाका प्रमुख पार्टी कार्यालयहरुमा पनि तोडफोड गरि आगजनी गरिएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेमकिपा, राप्रपाको पार्टी कार्यालय जेन-जीहरुले तोडफोड तथा आगजनी गरेको भएता पनि ठुलो क्षति हुन नपाएको बताइएको छ।

आन्दोलनकारीले नगरपालिकामा गरेको तोडफोड रोक्ने क्रममा प्रहरी जवान १ जना र नगरप्रहरी १ जना घाईते हुंदा समेत सुरक्षा फौजले संयमतापुर्वक कार्य गर्नाले कुनैपनि झडप नभएको तथा मानवीय क्षति नभएको उनलेे बताए।आन्दोलनकारी नगरपालिका भित्र प्रवेश गरेर पार्किङ गरेर राखेका दमकल, एम्बुलेन्स, शवहानमा तोडफोड गरेका छन्।यस्तै २ वटा गाडी र दर्जन बढी मोटरसाइकलमा तोडफोड गरेर क्षति पुर्याइएकोको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापा बताउँछन्।आन्दोलनकारीहरुले विभिन्न भवनहरुमा आगजनीको कार्य गर्दा सो आगो फैलिई सम्पूर्ण बस्ती नै सखाप हुनसक्ने ठुलो खतरा थियोे। सुरक्षा फौजले समयमा नै आगो नियन्त्रणमा लिएको हुंदा आगलागी फैलिनबाट जोगिएको हो। सुरक्षा निकायले कडा रुपमा २४ सै घण्टा पट्रोलिङ्ग र सुरक्षा कारवाही संचालन गरिरहेको छ।जिल्लाको सुरक्षा स्थितिलाई मध्यनजर गरी आम जनजीवनलाई सामान्य बनाउन जिल्लाको कर्फ्यू र निषेधाज्ञाबारे जिल्ला सुरक्षा समितले निर्णय गर्ने देविदत्त गण जुम्लाले जनाएको छ।भागेका कैदीहरुलाई सुरक्षा निकायले आवश्यक समन्वय गरी खोजी कार्य जारी राखेको छ।फरार कैदीको जानकारी पाएमा स्थानियले तुरुन्तै सुरक्षा फौजलाई जानकारी दिन अनुरोध गरेको छ ।
जुम्लाको शान्ति सुरक्षा स्थिति सामान्य राख्न सरोकाल निकाय, पत्रकार, स्थानिय जनताको महत्वपूर्ण भूमिका रहेको छ। यता जेन्जीहरुले प्रेस विज्ञप्तिमार्फ Gen-Z जुम्ली गुवाले गरेकाे शान्तिपूर्ण प्रदर्शन हुदै गर्दा उक्त, प्रदर्शनमा अराजक तत्वले चन्दननाथ नगरपालिका भित्र जून सवारी साधान र भौतिक क्षति गरेका छन, उक्त क्षति भाची जामी Gen-Z जुम्ली युवाको कुनै पनि समानता नरहने व्यवहोरा जानकारी गराएकाे छ। यस्तै जिल्ला कारागार, जुम्लाबाट कैदीहरु भाग्नुमा Gcn-Z जुम्ला युवाको कुनै पनि सलग्नता नरहेको जानकारी जनाएको छ।






