सम्पादकीय : अनुगमनको पाटो बलियो बनाऊ !

कर्णाली प्रदेश सरकारले डोल्पाको शे–फोक्सुण्डो तालसम्मको पदमार्ग स्तरोन्नति र रिङ्ग (रिङ्गिबो) वस्ती विकास कार्यक्रम अघि बढाएको छ । कार्यक्रमले विशेष गरी शे–फोक्सुण्डोसम्मको पदयात्रालाई व्यवस्थित बनाउने छ । यो कर्णालीको पर्यटन पूर्वाधार विकासमा सकारात्मक सन्देश हो । कर्णालीलाई प्रकृत्तिले यस्ता अनुपम उपहार दिएको छ । तर, बिडम्बना पर्यटकीय सम्भावना बोकेका क्षेत्रसम्म अझै पनि स्तरीय पहँुँचमार्ग विस्तारमा राज्यले ध्यान पुर्‍याउन सकेको छैन । फोक्सुण्डो ताल नेपालको सबैभन्दा गहिरो र मनमोहक प्राकृतिक सम्पदा हो, जसले आन्तरिक मात्र नभई विदेशी पर्यटकहरूलाई आकर्षित गर्छ । तर, कठिन भूगोल र अपूर्ण पूर्वाधारका कारण शे–फोक्सुण्डो पुग्न निकै कठिनाई छ ।

प्रदेश सरकारले सुरु गरेको रिङ्ग वस्ती विकास कार्यक्रमले अब यस क्षेत्रको स्वरूप नै बदल्ने अपेक्षा गरिएको छ । २१ करोड १२ लाख बजेटसहित सुरु भएको कार्यक्रमअन्तर्गत साङ्टादेखि फोक्सुण्डो तालसम्मको पदमार्ग स्तरोन्नति, वस्तीमा सडक विस्तार, ढल निकास, विद्यालय पूर्वाधार, ट्रस पुल, गुम्बामा खानेपानी, संग्रहालय, पार्क, तटबन्धन र भ्यूपोइन्टजस्ता संरचना निर्माण गरिँदैछ ।

मुख्यमन्त्री यामलाल कँडेलले कार्यक्रमको शिलान्यास गर्दै निर्माण व्यवसायीलाई जिम्मेवारीपूर्वक काम गर्न आह्वान गरे । काम लिने तर नगर्ने प्रवृत्ति अन्त्य गरेर कर्णालीको समृद्धिमा सघाउन उनले निर्माण व्यवसायीलाई आग्रह गरे । प्रदेश सरकारले २०८४ असारभित्र काम सम्पन्न गर्ने लक्ष्य लिएको छ, जसले फोक्सुण्डो पुग्ने पदमार्गलाई आकर्षक र सुरक्षित बनाउनेछ । वर्षैभरी पुग्न सकिने फोक्सुण्डो ताल घुम्ने उपयुक्त सयम फागुनदेखि असारसम्म र असोजदेखि कात्तिकसम्म मानिन्छ । डोल्पा सदरमुकाम दुनै नजिक सुलिगाडसम्म सडक मार्ग र त्यसपछि साढे दुई दिनको पैदल यात्रपछि फोक्सुण्डो पुग्न सकिन्छ । पर्यटन पूर्वाधार अभावका कारण फोक्सुण्डो ताल पुग्न पर्यटकलाई निकै हैरानी व्यहोर्नु पर्ने अवस्था छ । फोक्सुण्डो मात्रै होइनन् कर्णालीमा पर्यटकीय सम्भावनाले भरिएका क्षेत्रहरु पर्यटन पूर्वाधारको अभाव झेलिरहेका छन् । प्रकृतिले कर्णालीको छातिमा अथाह सम्भावना दिएको भएपनि काठमाण्डौंको ध्यान अझै पुग्न सकेको छैन । कर्णालीको विशेषता भनेकै जल, जंगल, कृषि, जडिबुटी र पर्यटन भएपनि प्रदेश सरकारको नजर नपरेको अवस्था छ । वार्षिक नीति, कार्यक्रम तथा बजेटमा कर्णालीको पर्यटन क्षेत्र प्राथमिकतामा पर्छ ।

तर, कार्यान्वयनको पाटो सबल नहुँदा अर्थतन्त्रका गेमचेन्जर प्राकृतिक सम्पदा ओझेलमा छन् । कागजी नीति र भाषणमा मात्रै सीमित बोलीले कर्णालीको अवस्था फेरिदैँन भन्ने तथ्य निर्णायक तहमा बसेकाहरुले बुझेका छैनन् । कर्णालीका १० वटै जिल्लामा अवस्थित प्रमुख पर्यटकीय क्षेत्रसम्म पुग्न स्तरिय सडकसँगै ति सम्पदासँग नजिक रहेका अन्य क्षेत्रलाई जोडेर पर्यटकको बसाई लम्ब्याउन मात्रै सक्ने हो भने यसले स्थानीयका साथै समर्ग राष्ट्रिय अर्थतन्त्रमा ठुलो टेवा पुर्‍याउनेमा दुई मत छैन । कर्णालीको पर्यटन क्षेत्रमा अझै पनि ठुलो लगानी हुन सकेको छैन । प्रदेश सरकारले प्रमुख पर्यटकीय गन्तव्यसम्म पुग्ने पहुँचमार्ग विस्तारमा ध्यान नदिदा निजी क्षेत्रले पर्यटन क्षेत्रमा लगानी गर्न चासो दिएको छैन । कतिपय सरकारका नीतिका कारण लगानीकर्ताहरु कर्णाली आउन मानिरहेका छैनन् । यो आफैमा बिडम्बनाको विषय हो । कर्णालीलाई विकासको मुलधारमा ल्याउन पूर्वाधार निर्माण नै पहिलो सर्त हो । कर्णालीमा पूर्वाधार निर्माणको कामअघि बढ्ने तर ठेकेदारको लापरवाहीले बिचमै अलपत्र पर्ने रोग छ । यसो हुन नदिन प्रभावकारी अनुगमन तथा मूल्यांकनको पाटो बलियो बनाउन आवश्यक छ ।

सम्पादकीय : अनुगमनको पाटो बलियो बनाऊ !

कर्णालीमा सुरक्षित छ सहकारीको लगानी

सम्पादकीय : अनुगमनको पाटो बलियो बनाऊ !

गणेश बहादुर शाही पुनः अध्यक्ष, नेपाल पूर्व

Leave a comment

Your email address will not be published. Required fields are marked *