प्रादेशिक नीति बनाउन आग्रह

सुर्खेत, २२ मंसिर ।
अपाङ्गता भएका व्यक्तिहरुको प्रादेशिक नीति निर्माण गर्नका लागि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाईएको छ । सोमबार राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशमार्फत् मन्त्री भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाईएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री भण्डारीले अपाङ्गता भएका व्यक्तिहरुको प्रादेशिक नीतिको मस्यौदालाई अपाङ्गता भएका व्यक्तिहरुको प्रादेशिक निर्देशन समितिको बैठकमा पेश गरिएको जानकारी दिए । उक्त समितिमा छलफलपछि चालु आर्थिक वर्षमा नै नीति पास गरिने उनले विश्वास व्यक्त गरे ।
आर्थिक वर्ष २०८३/०८४ का लागि यसै महिनाभित्र योजना माग गरिसक्नुपर्ने जानकारी गराउँदै उनले अपाङ्गता भएका व्यक्तिहरुका योजनाहरु समयमा माग नहुँदा उनीहरु पछाडि परेको बताए ।
उनले समयमा नै सूचित गराएर राष्ट्रिय अपाङ्ग महासंघले दशै वटा जिल्लाबाट अपाङ्गता भएकाहरुका लागि आवश्यक योजनाहरु माग गर्न सुझाव दिए । अपाङ्गता भएका व्यक्तिहरुले माग गरेका योजनाह्र कुनै पनि हालतमा प्रदेश सरकारले समावेश गर्ने उनले बताए ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेशका कार्यवाहक अध्यक्ष यज्ञप्रसाद देवकोटा, कोषाध्यक्ष सुरेश कुमार खड्का, वकालतकर्ता सरिता देवकोटा, महासंघ कर्णाली प्रदेशका प्रदेश व्यवस्थापक आनन्दबहादुर बिष्ट र प्रदेश जनवकालत अधिकृत पार्वती आलेसहितको टोली मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउन पुगेको थियो
प्रादेशिक नीति बनाउन आग्रह

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइडे्रन्ट’ जडान भएपछि…

प्रादेशिक नीति बनाउन आग्रह

अण्डा उत्पादन गरेर मासिक दुई लाख ५०

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds