एनसेलले सुरु गर्यो नयाँ मोबाइल नम्बर रेञ्ज ९७१, उपभोक्ताका डिजिटल सेवामा थप सहजता

काठमाडौं,२२ मंसिर ।
एनसेलले आम उपभोक्ताका लागि नयाँ मोबाइल नम्बर रेञ्ज ९७१ सोमबार (मंसिर २२)देखि बजारमा उपलब्ध गराउन थालेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठमा एनसेललाई यो नम्बर रेञ्ज वितरण गर्न अनुमति दिएको थियो।

यो नयाँ रेञ्ज प्राधिकरणको नेशनल नम्बरिङ् अलोकेशन प्लान अनुरूप जारी गरिएको हो। एनसेलले ९८०, ९८१, ९८२ र ९७० रेञ्जमार्फत सेवा दिँदै आएको भए पनि ती नम्बरहरू सेवा विस्तारका लागि पर्याप्त नपरेपछि प्राधिकरणले थप रेञ्ज उपलब्ध गराएको हो।

एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ् दत्तले नयाँ नम्बर वितरण उपभोक्ता र सेवा प्रदायक दुवैका लागि उपयोगी हुने बताए।
उनले भने, “बजारको अवस्थालाई ध्यानमा राखी नयाँ नम्बर रेञ्ज प्रदान गरेकोमा हामी प्राधिकरणप्रति आभारी छौं। आवश्यक तयारीपछि ९७१ रेञ्ज वितरण सुरु गरिएको छ। डिजिटल कारोबार र मोबाइलमार्फत लिने विभिन्न सेवाहरूको बढ्दो प्रयोगका बीच यो कदमले उपभोक्ता र सेवा प्रदायक दुवैलाई फाइदा पुर्‍याउनेछ।”

एनसेलले नयाँ नम्बर रेञ्जका प्रभावकारी प्रयोगका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मोबाइल प्रणालीमा आबद्ध सरकारी तथा गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सेवा प्रदायक कम्पनीहरूलाई आफ्ना सिस्टममा ९७१ नम्बर रेञ्ज छिटो इन्टिग्रेट/अपडेट गर्न आग्रह गरेको छ।
चुस्त र अविच्छिन्न सेवा प्रवाहका लागि ती संस्थाहरूले प्रणाली अद्यावधिक गर्नुपर्ने एनसेलले जनाएको छ।

डिजिटल सेवाको विस्तारसँगै मोबाइल नम्बरको आवश्यकता झनै बढ्दो छ। बैंकिङ्, फिनटेक, ई–कमर्स, एप तथा वेब–आधारित सेवामा साइनअप गर्न, वान टाइम पासवर्ड (ओटीपी) प्राप्त गर्न तथा विभिन्न डिजिटल कारोबार गर्न मोबाइल नम्बर अनिवार्य रहने भएकाले नयाँ रेञ्जले यस क्षेत्रमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

सूचना प्रविधिको द्रुत विकाससँगै नेपाल डिजिटल भविष्यतर्फ अघि बढिरहेको वर्तमान परिवेशमा, मोबाइल नम्बर सेवा तथा सुविधाको मुख्य आधार बनेको छ। नयाँ ९७१ नम्बर रेञ्ज उपलब्ध भएसँगै एनसेलको सेवा पहुँच र डिजिटल प्रयोगको प्रभावशीलता थप सुदृढ हुने कम्पनीको विश्वास छ।

 

एनसेलले सुरु गर्यो नयाँ मोबाइल नम्बर रेञ्ज ९७१, उपभोक्ताका डिजिटल सेवामा थप सहजता

सम्पादकीय : गुणस्तरीय सेवामा जोड देऊ !

Leave a comment

Your email address will not be published. Required fields are marked *