राजनितिक झगडाले फुटाएको रुपाकोट विद्यालय एकै थलोमा, पठनपाठन सहज

गाेल्डेन बुढा

जुम्ला,२१असोज ।

सुन्दा अनौठो लाग्ने, जुम्लाको एक विद्यालय गाउँको राजनतिक प्रभाबमा विवादित भएपछि विद्यालय दुईस्थानमा फुटाईयो र लामो समय विद्यालयको पढाईमा समेत प्रभावित भयो।अव भने झण्डै दश बर्ष पछि गाउँले राजनितिक बिषयलाई बिर्सदै गाउँमा मिलेर एकै स्थानमा विद्यालय सुचारु गर्न थालेका छन्।जुम्लाको हिमा गाउँपालिका- ५ रुपाकोट आधारभुत विद्यालय बाजागाडामा गाउँमा नेपाली कांग्रेस र कम्यूनिष्ट विचमा वि.सं २०७१,०७२ सालमा विद्यालयको बिषयमा विवाद भएपछि फरक फरक स्थानमा विद्यालय सुचारु गरिएको थियो।अभिभावक विभाजित भएपछि बालबालिका पनि बिभाजित भएर दुई स्कुलमा जान थाले, गाउँको झगडाले केही विद्यार्थीहरु रुपाकोट छोडेर छिमेकी गाउँको विद्यालयमा पढ्न जान वाध्य भए ।

विद्यालय फुटाएपछि विद्यालयमा रहेका ३ जना दरवन्दीका शिक्षक, एक जना निजी शिक्षक र कार्यालय सहयोगी पनि बाडिए। उनिहरुले लामो समय १०ः०० बजे देखी १ः०० बजे सम्म एक स्कुल र १ः०० बजे देखी ४ः०० बजे सम्म अर्को स्कुलमा काम गर्न थाले। विद्यालयको समस्याका बिषयमा वि.सं २०७१ सालमा स्थानीय सरकार आएपछि स्थानीय सरकार, स्थानीय प्रशासन, शिक्षा सम्बद्ध सरोकारवाला निकाय, राजनैतिकदल सँग पटक पटक छलफल भयो तर विद्यालयको बिषयमा निश्कर्ष आएन। स्थानीय प्रशासनले त विभिन्न समयमा अल्टिमेट दिदै आएको थियो। वि.सं २०७६ सालमा तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे गाउँमै गएर एक बनाउन निर्देशन गर्नुभएको थियो।

विद्यालयमा २ भागमा विभाजित भएपछि विद्यालयका कोर्स पनि भ्याउन शिक्षकलाई समस्या भयो। विसं २०७६ साल साउन १० गते विद्यालयले विद्यालयको प्रधानाध्यापक शान्ति कुमारी शाहीलाई जिम्मेवारी दिईयो । प्रधानाध्यापक शाहीले विद्यालयलाई एक बनाउन पहिलो प्रथामिकता दिनुभयो । उनले स्थानीय सरकार, प्रशासन, शिक्षा विकास तथा समन्वय ईकाइ र सरोकारवाला निकाय सँग निरन्तर समन्वय बढाउनुभयो । पुरोनो विद्यालय गाउँनजिकै थियो, भने नयाँ बनाएको विद्यालय चाखाडाडामा थियो । चाखाडाँडामा भएको विद्यालय राजमार्ग नजिक भएकाले पछिल्ला भौतिक संरचना निर्माण गर्न सहज भयो । प्रधानाध्यापक शान्ति शाहीले चाखाडाँडामा विद्यालय रहेको स्थानमा भौतिक संरचना अभाव भएका कारण एउटै कक्षाकोठा दुई कक्षामा बाडिएका थिए ।

यो समस्या सल्टाउन भवन निर्माणका लागि नेपाल सरकालाई अनुरोध गरेपछि हाल भौतिक संरचना पनि पुगेको छ । प्रधानाध्यापक शाहीले विद्यालयको समस्या लिएर प्रधानाध्यापक शाही तत्कालिन शिक्षा मन्त्री देवेन्द्र पौडेल कहाँ पुगेपछि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत २ वटा पक्कि भवन परेको बताइन् । उनका अनुसार ४ कोठे एक र अर्को चारकोठे आधुनिक दुईवटा पक्कि भवन निर्माण भएपछि अभिभावकको सकारात्मक धारणा आउन थाल्यो । विद्यालय यति मात्र होईन घेरबार पनि गाउँपालिकाले गरिदिएको छ । शैक्षिक सामग्रीका लागि स्थानीय सरकार र गैरसरकारी निकायमा समन्वय गरेको विद्यालयले जानकारी दियो । झण्डै आठ बर्ष दुईस्थानमा चलेको विद्यालय वि.सं २०७९ सालमा व्यवस्थापन समिति अध्यक्ष नरबहादुर रावतका अध्यक्षतामा बसेको व्यवस्थापन समितिको वैठकमा प्रधानाध्यापक शान्ति शाहीले पहिलो प्रस्ताब विदालय एक बनाउने राख्नुभयो । विद्यालय व्यवस्थापन समितिमा एकिकृत गर्न डाडाचाखामा एकिकृत रुपमा संचालन गर्ने निर्णय गर्यो । सो निर्णय पछि शिक्षक अर्को विद्यालय नगएपछि बल्ल विद्यार्थी एक ठाउँमा पढ्न आउन थाले तर अभिभावकका काटिएका मन नमिलेका कारण विद्यालयको कार्यक्रममा केही अभिभावक आउदैनथे । यस पटक भने दशैको केही अगाडि विद्यालयमा अभिभावक भेलामा विद्यालय परिवार र सवै पक्षका गाँउले उपस्थित भएर विद्यालयको झगडा अन्त्य भएको छ ।

स्थानीय विकास रोकायाले गाउँका मानिसहरु मिलेर एकै स्थानमा खाजा खाएर कसम खाएर मेलमिलाप भएको दिए।स्थानीय अलि रोकायाले अव विद्यालयमा झगडा अन्त्य भएको बताए। गाउँमा घनिभुत छलफल गरेर मनमुटाब अन्त्य भएकाले खशी व्यक्त गर्नुभयो । यस पटक नयाँ व्यवस्थान समिति पनि चयन गरिएको छ । अभिभावकले चिट्ठा प्रणालीबाट सौरे रोकायाको नेतृत्वमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको हो ।
गाउँपालिकाको शैक्षिक हब बन्दै:
रुपाकोट आधारभुत विद्यालय कुनैवेला दुई स्थानमा फुटेकाले कमजोर मानिने, अहिले अब्बल हुदै गएको छ । अहिले गाउँपालिकाकै शैक्षिक हब हुन थालेको छ । गाउँपालिकाले यस विद्यालयमा गाउँपालिका स्तरीय शिक्षा सवालका कार्यक्रम निरन्तर गरिरहेको छ । सो विद्यालयमा साक्षरता हिमा गाउँपालिका घोषणा, बालविवाह मुक्त गाउँपालिका घोषणा, गाउँपालिका स्तरीय शैक्षिक मेला जस्ता कार्यक्रम सहित अन्य कार्यक्रम समेत यही विद्यालयमा भईरहेका छन् । यता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले रुपाकोेट आभारभुत विद्यालय गाउँपालिकाको स्थायी केन्द्र नजिकैको विद्यालय समेत भएकाले यो विद्यालय नमूना हुन सक्ने बताए।

राजनितिक झगडाले फुटाएको रुपाकोट विद्यालय एकै थलोमा, पठनपाठन सहज

खेल पूर्वाधारको दुर्दशा: जुम्लामा सपना बन्यो स्टेडियम,

राजनितिक झगडाले फुटाएको रुपाकोट विद्यालय एकै थलोमा, पठनपाठन सहज

गुठिचौरका -३ का वडा अध्यक्ष इन्द्र बुढाको

Leave a comment

Your email address will not be published. Required fields are marked *