जीवनज्योती सहकारीले साढे सात प्रतिशत मुनाफा वितरण गर्ने

सुर्खेत, २१ मंसिर ।
जीवनज्योति बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर¬–१०, सुर्खेतको १८ औं बार्षिक साधारणसभा शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । साधारणसभाले आ.व. २०८१/०८२ को बार्षिक प्रगति तथा लेखापरिक्षण प्रतिवेदन स्वीकृत गर्दै सेयर सदस्यहरुलाई साढे सात प्रतिशत मुनाफा वितरण गर्ने घोषणा गरेको छ ।
सहकारीको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष दिल बहादुर थापाले संस्थाले आ.व. २०८१/०८२ मा कुल १४ करोड ६९ लाख ८२ हजार ८ सय २६ रुपैयाँ ९३ पैसा कारोबार गरी १ करोड ३९ लाख १५ हजार ५ सय १ रुपैयाँ तिस पैसा आम्दानी गर्न सफल भएको जानकारी दिए । त्यसैगरी ९५ लाख ९९ हजार ३ सय ३९ रुपैयाँ ११ पैसा खर्चभई आयकर अघिको नाफा ४३ लाख १६ हजार १ सय ६२ रुपैयाँ १९ पैसा आर्जन गर्न सफल भएको अध्यक्ष थापाले जानकारी दिए ।
सहकारीमा ७ सय ३८ जना शेयर सदस्य रहेकोमा शेयर पुँजी २ करोड ४ लाख ६६ हजार ८ सय, जगेडा कोषमा १ करोड ४ लाख ४८ हजार ४ सय ४४ रुपैयाँ ४३ पैसा, बचत संकलन ट करोड ३ लाख ३४ हजार ६ सय ७७ रुपैयाँ १० पैसा, ऋण लगानी ८ करोड ४४ लाख ३९ हजार ९ सय ७२ रुपैया गरिएको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।
साधारणसभामा सहकारीका सचिव दीपक कुमार बुढाक्षेत्रीले संस्थाको बार्षिक प्रगति प्रतिवेदन र आगामी योजना पेश गरेका थिए भने कोषाध्यक्ष दिल बहादुर विसीले आम्दानी, खर्च तथा आगामी योजना तथा बजेट प्रस्तुत गरेका थिए ।
जिल्ला सहकारी संघका पूर्व अध्यक्ष एवं सहकारीका सल्लाहकार अमृत बहादुर विसीको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष दिल बहादुर थापाको अध्यक्षतामा सभा सम्पन्न भएको थियो सोही अवसरमा सहकारीको विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका सेयर सदस्यहरुलाई सम्मानित गरिएको थियो ।
जीवनज्योती सहकारीले साढे सात प्रतिशत मुनाफा वितरण गर्ने

ब्यासमा घोरेटो बाटो निर्माण  

जीवनज्योती सहकारीले साढे सात प्रतिशत मुनाफा वितरण गर्ने

निःशुल्क स्वास्थ्य शिविर

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds