भारी वर्षा र विपद् जोखिमप्रति सतर्क रहन मुख्यमन्त्री आचार्यको आह्वान

दाङ,१७ असोज।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संभावित भारी वर्षा तथा त्यसबाट उत्पन्न हुन सक्ने विपद् जोखिमप्रति सतर्क रहन प्रदेशवासीलाई आह्वान गर्नुभएको छ ।
जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशसहित देशका विभिन्न स्थानमा आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको चेतावनी जारी गरेपछि मुख्यमन्त्री आचार्यले शुक्रबार बेलुका एक सन्देश जारी गर्दै जोखिम न्यूनीकरणका लागि सबै पक्षलाई गम्भीर हुन आग्रह गर्नुभएको हो ।

मुख्यमन्त्री आचार्यका अनुसार पहाडी तथा हिमाली जिल्लामा पहिरोको उच्च जोखिम छ भने तराई क्षेत्रमा डुबान र कटानको समस्या देखिन सक्नेछ । उहाँले यस्ता चुनौतीको सामना गर्न सुरक्षा निकाय पूर्ण तयारीमा रहेको जानकारी दिनुहुँदै सामुदायिक सहकार्य र जनस्तरको सक्रिय योगदान आवश्यक रहेको उल्लेख गर्नुभयो ।

‘विपद् प्रतिकार्यमा सबैले आफ्नो भूमिका निर्वाह गर्ने, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्ने, रात्री समयमा सवारी साधन सञ्चान नगर्ने र आवश्यक परे तत्काल सम्बन्धित निकायलाई जानकारी गराउने कार्यले ठूलो क्षति रोक्न मद्दत पु¥याउँछ,’सन्देशमा उल्लेख छ ।
उहाँले साझा प्रयास र संयमित व्यवहारमार्फत मात्रै प्राकृतिक विपद्को सामना गर्न सकिने भन्दै सबैलाई सतर्कता र धैर्य अपनाउन अपिल गर्नुभएको छ ।

भारी वर्षा र विपद् जोखिमप्रति सतर्क रहन मुख्यमन्त्री आचार्यको आह्वान

बर्दीयामा कडा सुरक्षाबीच भव्य दुर्गा प्रतिमा विसर्जन

भारी वर्षा र विपद् जोखिमप्रति सतर्क रहन मुख्यमन्त्री आचार्यको आह्वान

‘भारी वर्षाको सम्भावना कायमै छ, बाढीले खतराको

Leave a comment

Your email address will not be published. Required fields are marked *