भगवानको मूर्तिबाटै ‘गुजारा’


जिल्ला बुढी नन्दा नगरपालिका वडा नम्बर ६ स्थित लाटो बस्ती स्थायी घर भएका कर्ण प्रसाद जैसी विगत लामो समयदेखि मूर्ति बनाउने पेसामा आवद्घ रहेका छन् ।

२०६३ सालबाट मूर्ति र सालिकहरू बनाउने काम गर्दै आएका उनी यति बेला हुम्लाको सदरमुकाम सिमकोटमा बसेर विभिन्न भगवानका मूर्ति तथा ऐतिहासिक महत्व बोकेका व्यक्तित्वका सालिकहरू बनाइरहेका छन् ।

विगत लामो समयदेखि अर्डर अनुसारका जस्तो सुकै पनि मूर्ति बनाउने गरेको बताए उनले यही पेशाबाट आर्थिक आम्दानी गर्दै जीवन गुजार्नुका साथै घरपरिवार पालनपोषण गरिरहेको बताए । यतिबेला हुम्लाको सदरमुकाम सिमकोट स्थित काठेचुलीमा बस्दै आएका जैसीले यहाँ आइसकेपछि शिव, गौतम बुद्ध र नागको एक एकवटा मूर्ति बनाएको बताए ।

आफूले बनाएको शिवको मूर्ति जिल्ला प्रशासन कार्यालय हुम्लामा, गौतम बुद्धको मूर्ति लामा सांस्कृतिक मञ्चलाई र नागको मूर्ति कुनै इच्छाएको व्यक्तिका लागि चिनारीका रुपमा कुनै देवताको मन्दिरमा हस्तान्तरण गर्न लागेको जैसीले बताए ।

जैसीले भने ‘मेरो खानु जिउने आधार नै यही हो, मैले बनाएका यस्ता मूर्ति करिब ५ हजारदेखि ७ लाख रुपियाँसम्ममा बिक्री गर्ने गरेको छु ।’ उनले आफ्नै लगानीमा हातले निर्माण गरिएका यी मूर्तिहरू आफूले विभिन्न खेर गएका सामग्रीहरू मार्फत बनाउने गरेको बताए ।

सात जनाको परिवार रहेको जैसीले हाल सोही सिप तथा व्यवसायबाट परिवार पाल्दै आइरहेको बताए । जैसीले आफूले बिहान बेलुका देखी दिनभर आगोमा काम गर्दाको दुख सुनाउँदै भने,‘मैले यही काम गरेबापत प्रतिमहिना ३० हजार रुपियाँसम्म आम्दानी गर्ने गरेको छु ।’ मूर्ति बनाउनका लागि सिमेन्ट, सरिया, बालुवा, ग्याविन तार, व्यान्डिज तार, हातमा गलब्स र सबै किसिमका रङहरू आवश्यकता पर्ने उनले बताए ।

भगवानको मूर्तिबाटै ‘गुजारा’

हुम्लाको लिमी गाउँ रित्तिँदै

भगवानको मूर्तिबाटै ‘गुजारा’

११ वर्षमा विहे, १५ वर्षमा आमा

This will close in 0 seconds