जुम्ला पत्रकार महासंघले गर्याे पाँच लाखको कोष स्थापना


नेपाल पत्रकार महासंघ शाखा जुम्लामा क्रियाशिल पत्रकार पुरस्कारका लागि पाँच लाखको कोष स्थापना भएको छ । हिमा गाउँपालिका जुम्लाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ शाखा जुम्लाले कोष स्थापना गरेको हो ।
गाउँपालिकाले दिएको उक्त रकमको जुम्लामा क्रियाशिल पत्रकारका लागि पुरस्कार वितरण गरिने छ । कोषको औपचारिक घोषणा हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले उद्घाटन गरेका छन् । गाउँपालिका अध्यक्ष शाहीले पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीलाई हस्तान्तरण गरेका थिए।उक्त कोषबाट तीन जना क्रियाशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
क्रियाशिल पत्रकारहरु दिलमाया शाही, पत्रकार कृष्णमाया उपाध्याय र पत्रकार मानदत्त रावललाई पुरस्कृत गरिएको छ । पत्रकार दिलमाया शाही गौरी–पदम स्मृति पुरस्कारबाट पुरस्कृत भएका छन्, शाहीलाई एघार हजार एकसय ११ रुपैया नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ । यसैगरी पत्रकार कृष्णमाया उपाध्यायलाई १० हजार एकसय रुपैयाले नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ । यसैगरी पत्रकार मानदत्त रावललाई १० हजार एक सय रुपैया र नगद सहित पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुने पत्रकारलाई हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही र प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष तथा हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मण वहादुर शाहीले पत्रकारीता क्षेत्रको विकास लागि पुरकार कोषमा सहयोग गरेको बताए ।
अधिकारका लागि अग्र मोर्चामा उभिने पत्रकारहरुको हितका लागि स्थानीय सरकारले सहयोेग गरेको हो । पत्रकारहरुलाई समाजको हितमा कलम चलाउन अनुरोध गरे । समाज रुपान्तरणमा पवित्र उद्देश्यले कलम चलाउन अपिल गरे ।
यस्तै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले पुरस्कार कोषमा अन्य स्थानीय तहलाई पनि सहयोग गर्नुपर्ने बताए । पत्रकारको पेशागत मर्यादाका लागि कोष स्थापना गर्नु राम्रो काम भएको बताए । नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था गरेको छ।निष्पक्ष र तटस्थ भएर कलम चलाउन सुझाव दिए ।
समाजमा रहेका विकृति हटाउन तिर पत्रकारको कलम चल्नु पर्ने बताए । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रवहादुर शाहीले पत्रकारको मनोबल बढाउन कोष स्थापना गरिएको बताए । महासंघले गरेको काम नमुना भएको बताउँदै, निष्पक्ष रुपमा पुरस्कार वितरण गरेको दाबीसमेत गरे । महासंघले स्थापना गरेको ५ लाख रुपैयाँको कोषबाट ब्याज आएको रकमले पत्रकारहरुलाई पुरस्कृत गरिएको उनको भनाइ छ ।






