गणतन्त्र दिवसको अवसरमा सहिद परिवारलाई सम्मान


गणतन्त्र दिवसको अवसरमा महावै गाउँपालिकाले सहिद परिवारलाई सम्मान गरेको छ ।
गणतन्त्र स्थापनाको १६ वर्ष पूरा भएर १७ औँ वर्षमा प्रवेश गरेको अवसरमा कालिकोटको महावै गाउँपालिकाले सहिद परिवार सहित सरकारी विद्यालयमा आफ्नो बालवालिकालाई भर्ना गर्ने शिक्षहरु सहित ६ जनालाई सम्मान गरेको महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह(भिजन) ले जानकारी दिए ।
कालिकोट जिल्लाका विभिन्न स्थानीय तह सहित सदमकाम मान्म बजारमा गणतन्त्र दिवसको अवसरमा कार्यक्रम गरेपनी महावै गाउँपालिकाले भने सहिद परिवार संगै सरकारी विद्यालयमा आफ्ना बालवालिका भर्ना गर्ने शिक्षकहरुलाई सम्मान पत्र दिएर सम्मान गरेको छ ।
कालिकोट जिल्लाका विभिन्न स्थानीय तहमा गणतन्त्र दिवसको अवसरमा विभिन्न सांस्कृति कार्यक्रम सहित अन्य कार्यक्रमहरुको आयोजना गरिएको छ ।






