चन्दननाथको सेरा ज्युलोमा रोपियोः जुम्ली कालीमार्सी धान


यतिखेर जुम्लाका कृषकलाई कालीमार्सी धान रोप्ने चटारो छ। सोमबार जुम्लाको प्रसिद्ध धार्मिक स्थल चन्दननाथ भैरवनाथ मन्दिरको सेरा (खेत) ज्युलोमा रोपाइँ सुरु गरिएको छ ।

सदरमुकाम खलंगास्थित चन्दननाथ भैरवनाथ बाबाको खेतमा रोपाइँ सुरु गरिएको हो।परा–पूर्वकालदेखि नै चन्दननाथ भैरव नाथ गुठी समितिले जेठ १४ गते हुने रोपाई यो वर्ष भने जेठ १४ गते रोपाइ गरिएको हो । चन्दननाथ भैरव नाथ गुठी समितिका अध्यक्ष अम्मर थापाका अनुसार यो वर्ष भने जेठ १४ गते रोपाइ गरिएको हो ।

चन्दननाथ बाबाको सेरा ज्युलो परापूर्वकालदेखि नै मन्दिरमा अक्षेता चढाउन मार्सी धान रोप्ने गरिन्छ । सेरा ज्युलोमा मार्सी रोपाइँको लागि चन्दननाथ नमुना माविका विद्यार्थी र स्थानीय महिलाहरू सहभागी थिए । चन्दननाथ नगरपालिका –५ का वडाध्यक्ष वृर्ख बहादुर कार्कीले विषादी निषेध गर्ने र जैविक मल उत्पादनका लागि पहल गर्ने बताए । जुम्लाको धार्मिक इतिहाससँग जोडिएको चन्दनाथको सेरा ज्युलो र पहिचानसँग जोडिएको मार्सी धान रोप्दा मागल गाउने परम्परा रहेको चन्दननाथ गुठी व्यवस्था समिति जुम्लाका नायब सुब्बा रत्ना आचार्यले बताए ।

वि.स.२०३६ सालमा चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिको गठन भएको थियो । त्यस लगत्तै मन्दिरका सम्पूर्ण क्रियाकलापहरु उक्त समितिले गर्दै आएको समितिका अध्यक्ष अमर थापाले बताए । ‘पहिले चन्दननाथ बाबाको शेर जिउलोमा रोपाइँ भएपछि मात्र जिल्लाका अन्य ठाउँका ज्युलहरु रोपाइँ हुन्थ्यो,’ उनले भने, ‘अहिले त्यो प्रचलन हराउँदै गएको छ ।

पहिले रोपाइँ गर्नको लागि जिल्लाका विभिन्न ठाउँका मान्छेहरु आएर चन्दननाथ बाबाको शेर ज्युलोमा रोपाइँ गर्थे ।’ मन्दिर जस्तो पवित्र स्थलमा राजनीति हस्तक्षेप हुँदा मन्दिरको चौतर्फी विकास हुन सकेको छैन ।

नजिकको तिर्थ हेला भने झैं चन्दननाथ मन्दिर पनि सोचे जस्तो महत्त्वपूर्ण बन्न सकेको छैन यो गम्भीर विषय हो । चन्दननाथ गुठीको नाम रहेका थुप्रै जग्गाहरुको अतिक्रमण गरिएको समेत उनको भनाई छ । प्रत्येक वर्ष गुरु चन्दननाथ बाबाको सेरो ज्युलोमा काली मार्सी धान स्थानीय सबैको सहयोगमा रोपाइ हुन्छ ।

जुम्ली काली मार्सी धानको उत्पत्ति १२औँ शताब्दीमा भएको मानिन्छ । सन् १३०० मा गुरु चन्दननाथ बाबाले भारतको काश्मीरबाट काली मार्सी धानको बिउ ल्याई तातोपानीमा लछालकृति पैकलालाई तालिम दिई धान खेती विस्तार गरेको इतिहास छ ।

मार्सी धानको सफल परीक्षणपछि चन्दननाथ मन्दिरको सेरा ज्युलोमा खेती गरेर किसानलाई वितरण गरिएको थियो । अहिले पनि मार्सी धानको चामल चन्दननाथ मन्दिरमा सिक दिने प्रचलन छ । मार्सी धान खेतीले नेपालमा हुलाक स्थापना गर्न प्रेरणा दिइएको किंवदन्ती छ ।

जुम्ली किसानले उत्पादन गरेको मार्सी धानको चामल तत्कालीन राजा–रजौटालाई हुलाकबाटै पठाउन थालिएको थियो । जङ्गली धान भएकाले यसलाई काली मार्सी भनिएको जुम्लाका संस्कृतविद् रमानन्द आचार्यले बताए । जुम्लामा धान खेती बेँसी क्षेत्र (समुद्र सतहबाट २ हजारदेखि २२ सय मिटर) र उच्च क्षेत्र (समुद्र सतहबाट २८ सयदेखि ३ हजार मिटर) मा हुने गरेको छ ।

चन्दननाथको सेरा ज्युलोमा रोपियोः जुम्ली कालीमार्सी धान

अर्थमन्त्री पुनद्वारा आव २०८१÷८२ को बजेट प्रस्तुति

चन्दननाथको सेरा ज्युलोमा रोपियोः जुम्ली कालीमार्सी धान

गणतन्त्र दिवसको अवसरमा सहिद परिवारलाई सम्मान

This will close in 0 seconds