२०८३ मंसिर ८ गते
वीरेन्द्रनगर, सुर्खेत 13°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन एआईआईबीसँग आग्रह


नेपाल विद्युत् प्राधिकरणले विद्युत् पूर्वाधार संरचना सुधार तथा बिस्तारका परियोजनामा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)लाई आग्रह गरेको छ । एआईआईबी सञ्चालक समितिका सदस्य आरएमपी रथनायके नेतृत्वमा नेपाल भ्रमणमा रहेको बैंक सञ्चालक समितिका सदस्य सम्मिलित प्रतिनिधिमण्डलसँग भएको भेटमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्रसारण र बितरणतर्फका पूर्वाधार सुधार तथा बिस्तारमा सस्तो ब्याजदरमा लगानी बढाउन आग्रह गरे ।

घिसिङले पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत् आपूर्ति, छिमेकी देशहसँगको विद्युत् व्यापार बिस्तारका लागि उत्पादन, प्रसारण र बितरणतर्फका संरचना निर्माण गर्न ठूलो लगानी आवश्यक रहेको बताए । ऊर्जा मन्त्रालयले अगाडि बढाएको सन् २०३५ सम्मको ऊर्जा क्षेत्रको मार्गचित्र कार्यान्वयनका लागि विद्युत् उत्पादन, प्रसारण र बितरणतर्फका आयोजनाका लागि झण्डै ६० अर्ब अमेरिकी डलर लगानी चाहिने र यसका लागि एआईआईबीजस्ता बहुपक्षीय निकायबाट सस्तो ब्याजदरमा सहुलितपूर्ण ऋण आवश्यक रहेको घिसिङले बताए ।

प्रतिनिधिमण्डले ऊर्जा क्षेत्रका लागि आवश्यक पर्ने लगानी गर्न बैंक इच्छुक रहेको बताएको थियो । प्रतिनिधिमण्डले अहिले एआईआईबीको लगानीमा निर्माणाधीन आयोजनाहरुको प्रगति, वातावरणीय तथा सामाजिक सुरक्षणका विषय, ऊर्जा क्षेत्रको पुनर्संरचना, विद्युत निर्यातका लागि बजार सुनिश्चितालगायतका विषयमा जिज्ञासा राखेको थियो । एआईआईबीले अहिले विद्युत् वितरण प्रणाली सुधार तथा बिस्तार परियोजना कार्यान्वयनका लागि ११ करोड २३ लाख डलर सहुलितपूर्ण ऋण नेपाललाई उपलब्ध गराएको छ ।

विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन एआईआईबीसँग आग्रह

हुम्लामा प्रदेश कार्यालयको पूँजीगत खर्च १४ प्रतिशत

विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन एआईआईबीसँग आग्रह

एमाले सुर्खेतका नवनिर्वाचित कमिटीको घोषणा