२०८२ फाल्गुन ५ गते
×

Now Playing

तेस्रो कथावाचन श्रृङ्खला


वाङ्मय चौतारी नेपाल, सुर्खेतको आयोजनामा तेस्रो कथा बाचत श्रृङ्खला शुक्रबार सम्पन्न भएको छ । नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालय वीरेन्द्रनगर–११, गाग्रेतालमा कार्यक्रम सम्पन्न भएको हो ।

वाङ्मय चौतारी नेपाल सुर्खेतका अध्यक्ष गणेशभक्त गौतमको अध्यक्षता र विद्यालय व्यवस्थापन समितिका सदस्य हरिलाल कँडेलको प्रमुख आतिथ्यतामा कथा बाचन सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य नवराज खड्काले राखेका थिए । ‘दुस्मनी’ कथा र ‘कर्मको फल’ बरिष्ठ साहित्यकार तथा कथाकार गणेशभक्त गौतम, विद्यालयका शिक्षक मिनराज पन्तको ‘सानीआमा’ कथा बाचन गरेका थिए ।

बरिष्ठ साहित्यकार तथा लेखक उमालाल आचार्यले ‘कुरुवा‘ कथावाचन गरेका थिए । मणिराम पोखरेलको लद्युकथा ‘बिनोद’, ‘जिब्रो पट्काउने’ ‘बिबेक’ वाचन गरिएको थियो । कथाको समिक्षा कक्षा–९ मा अध्ययनर छात्रा सुस्मा कँडेलले गरेकि थिइन । कार्यक्रम सञ्चालन साहित्यकार खगेन्द्र प्रसाद अधिकारीले गरेका थिए । कार्यक्रममा बरिष्ठ साहित्यकार तथा पत्रकार पृथ्वी बहादुर सिंहको समेत उपस्थिति रहेको थियो ।

तेस्रो कथावाचन श्रृङ्खला

भेरीगंगा उपत्यका सहर निर्माणको काम सुस्त, खटाङ

तेस्रो कथावाचन श्रृङ्खला

सिम्तामा हाम्रो शहर परियोजना वारे भिजिङ्ग सेटिङ्ग