भेरीगंगा उपत्यका सहर निर्माणको काम सुस्त, खटाङ क्षेत्रको पर्यटन गुरुयोजनामा पनि ढिलाई


गुर्भाकोट नगरपालिका–८, खटाङ पर्यटकीय क्षेत्रको गुरुयोजना निर्माणको कामले गति लिन सकेको छ्रैन । सहरी विकास तथा भवन डिभिजन कार्यालय अन्र्तगत संघीय कार्यान्वयन इकाईले तयार पारेको गुरुयोजनाको काम बजेट अभावले सुस्त बनिरहेको छ ।

सरकारले आर्थिक वर्ष २०७३/०७४ मा मध्यपहाडी राजमार्ग क्षेत्रमा १० नयाँ सहरसहित सुर्खेतको भेरी किनारका तीन वटा नगरपालिकालाई समेटेर भेरीगंगा उपत्यकामा नमुनाको आधुनिक सहर निर्माण गर्ने घोषणा गरेको थियो । त्यसै अनुसार भेरीगंगा नगरपालिका–८ को मेहलकुनाको खटाङ क्षेत्रमा नयाँ सहरको योजनासहित पर्यटकीय गुरुयोजना बनेको थियो ।

गुरुयोजना बनेको लामो समयसम्म पनि भौतिक संरचना निर्माणको काममा ढिलाई भएको हो । गुरुयोजना अन्र्तगत भेरी नदीको किनारका रहेका खटाङ क्षेत्रमा तिनमुखे झोलुङ्गे पुल निर्माण गर्ने, पार्क निर्माण, पिक्निक पार्क, मन्दिरको पुर्ननिर्माण लगाएतका पूर्वाधारका लागि गुरुयोजना तयार पारिएको थियो ।

नमूना सहर निर्माणसँगै पर्यटकीय गुरुयोजनाका लागि संघीय सरकारले आवश्यक बजेटका व्यवस्था नगर्दा काम सुस्त ढंगले अगाडी बढेको गुर्भाकोट नगरपालिकाको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जुन प्रकारले काम अगाडी बढ्नु पर्ने त्यो प्रकारले काम अगाडी बढेको छैन् । नेपाल सरकारले मध्यपहाडी राजमार्गमा १० ठुला शहर बनाउने योजना अन्र्तगत गुर्भाकोटको मेहलकुना पनि परेको थियो ।

त्यसै अन्र्तगत निर्माण हुन लागेको खटाङ पर्यटकीय गुरुयोजनासहित भेरी किनारका तीन वटा पालिकामा पर्ने नदी वारी र पारीका ४ सय ६० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर नयाँ सहर बनाउने सरकारी लक्ष्यले अपेक्षित गति लिन सकेको छैन ।

नेपाल सरकारले सहरी विकास तथा भवन निर्माण विभागमार्फत राष्ट्रिय सहरी नीति २०६४ जारी गरी क्षेत्रीय सन्तुलनलाई मध्यनजर गर्दै विभिन्न सम्भाव्य बस्ती तथा सहरहरुको व्यवस्थित विकास गर्ने नीति अगाडि बढाएको थियो । सोही नीति अनुसार सहरी विकासलाई सन्तुलित बनाउन नेपाल सरकारले मध्यपहाडी लोकमार्ग कोरिडोरमा अवस्थित १० शहरहरुको छनौंट गरी ती सहरहरुको योजनाबद्ध विकास लगानी आएको थियो ।

आर्थिक बर्ष २०७३/०७४ सालदेखि तराई–मधेशको हुलाकी राजमार्गको कोरिडोरमा रहेका सम्भाव्य १० नयाँ शहरको छनौंट गरी व्यवस्थित शहरी विकास गर्ने तथा पहाडी जिल्लाका सुर्खेत र प्युठानमा समेत एक÷एक नयाँ सहर छनौट गरी व्यवस्थित सहरीकरण गर्ने कार्यक्रम अघि सारेको थियो ।

यस्तो छ खटाङ पर्यटकीय क्षेत्रको गुरुयोजना
खटाङ पर्यटकीय क्षेत्रको गुरुयोजनामा भेरीको बीचलाई विकसित गरेर पार्कको निर्माण गर्ने, भ्यूटावर बनाउने लगाएतका योजना समेटिएका थिए । खटाङ पर्यटकीय क्षेत्रको गुरुयोजनाको काम शहरी विकास तथा भवन डिभिजन कार्यालय अन्र्तगत संघीय कार्यन्वयन इकाईले लिएको र मध्यपहाडी राजमार्गमा १० ठुला शहरअन्र्तगत डिपिआर तयार भएको गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले बताए ।

‘पर्यटन गुरुयोजना संंघीय कार्यन्वयन इकाईले तयार पारेको हो,’ उनले भने, ‘मध्यपहाडीमा बन्ने १० ठुला शहर अन्र्तगत डिपिआर तयार भएको थियो । त्यसै अनुसार अहिले केही कामहरु अगाडी बढेका छन् ।’ खटाङ पर्यटकीय क्षेत्रमा करिब १२ बिगाहा जमिनमा विभिन्न पर्यटकीय पार्कका रुपमा विकास गर्नका लागि काम अगाडी बढेको नगर प्रमुख पुनले बताए । ‘करिब १२ करोडको लागतमा पार्कको निर्माण हुनेछ,’ उनले भने, ‘संघीय कार्यन्वयन इकाईले त्यसका लागि काम अगाडी बढेको छ । थोरै बजेट हुँदा काम अगाडी बढ्न सकेको छैन् ।’

पर्यटकीय गुरुयोजनाअन्र्तगत विभिन्न संचरना बन्नुपर्नेमा अहिले केही संरचनाका काम अगाडी बढेको खटाङ संरक्षण समितिका पूर्वअध्यक्ष वीरबहादुर खत्रीले बताए । ‘खटाङ पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि स्थानीयको धेरै पहिलेदेखिको माग हो,’ उनले भने, ‘अहिलेसम्म केही काम अगाडी बढेको भएपनि काममा केही ढिला सुस्ती भइरहेको छ ।’

गुरुयोजनामा खटाङ क्षेत्रमा धेरै पर्यटकीलस्थलहरुका रुपमा विकास गर्नका लागि भ्यूटावर, चमरे गुफा संरक्षण वनभोज स्पोटलगायतका अन्य पूर्वाधारको निर्माण गर्ने समेटिएका थिए । त्ययहाँ पर्यटकीय संम्भावनाका क्षेत्र धेरै रहेका छन् । पूर्वाधार नभइ पर्यटक आगमनको कमी रहेको स्थानीयको भनाई रहेको छ । खटाङ क्षेत्रमा अहिले वीरेन्द्रनगर बजार, सल्यान, जाजरकोट, बाँके र दैलेखका पर्यटक आउने गरेको तर, पर्यटकका लागि पूर्वाधार नहुँदा समस्या भएको स्थानीय तुलसी रावलले बताए ।

‘पर्यटकहरु घुम्नका लागि आउँछन्,’ उनले भने, ‘घुम्न र हेर्नका लागि अन्य खासै कुनै ठाउँ छैन् ।’ खटाङ पर्यटकीय क्षेत्र रुपमा विकास गर्नका लागि भेरीमा ¥याटिङ्, व्यवस्थित पार्क, शिव मन्दीरको पुर्ननिर्माण र भेरी वारपारका लागि सहजमार्गको पूर्वाधार निर्माण गर्नुपर्ने रावलले बताए । ‘खटाङ क्षेत्रको विकासका लागि खासै चासो कसैले पनि दिएको छैन्,’ उनले भने,‘पूर्वाधार विना कसरी पर्यटक आउँलान् ।’

तीनमुखे पुलको शिलान्यास
खटाङ गुरुयोजनामा समावेश भएको गुर्भाकोट नगरपालिकास्थित खटाङ क्षेत्रमा तीनमुखे झोलुङ्गे पुल निर्माण सुरु भएको छ । भेरी नदीले घेरिएको खटाङ टापुमा मुख्य पिल्लर स्थापना गरेर गुर्भाकोट नगरपालिका–८, १२ र १२ नम्बर वडा जोड्ने गरी पुल निर्माण सुरु गरिएको हो ।

गएको मंगलबार नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानम तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले धार्मिक एवं पर्यटकीय क्षेत्र खटाङ देशकै ठूलो धार्मिक क्षेत्र हुने बताए । ‘नदी उत्तर फर्कनु निकै धार्मिक मानिन्छ, यहाँको भेरी नदी पनि उत्तरमा फर्केको छ । यो एकदमै कम स्थानमा छ,’ उनले भने, ‘बजेटमात्रै ल्याएर नहुने रहेछ कार्यान्वयन पनि उतिकै जरुरी छ ।’

खटाङमा नेपालकै लामो तीनमुखे पुल बनाउन लागेको सस्पेन्सन ब्रिज डिभिजन पुलचोकका इन्जिनियर गोपाल थापाले बताए । ‘२०८३ असारभित्र निर्माण सम्पन्न गर्ने गरेर काम भइरहेको छ,’ उनले भने, ‘यो पुल १.६० मिटर चौडाइ र ६५४.६० मिटर लम्बाइको हुनेछ । खटाङ टापुमा बन्ने टावरको उचाइ २५.२३ मिटरको हुनेछ ।’

पुल निर्माणको काम २१ करोड १९ लाख पाँच हजार ८५ रुपैयाँमा श्री गीता कन्स्ट्रक्सनले पाएको छ । निर्माण कम्पनीले मुख्य टावर निर्माण हुने खटाङ क्षेत्रमा फाउन्डेसन निर्माण सम्पन्न गरिसकेको छ भने मेहलकुना र दहचौरतर्फको फाउण्डेसन निर्माणलाई तीव्रता दिएको छ । सस्पेन्सन ब्रिज डिभिजनका अनुसार मुख्य टावर रहने खटाङ क्षेत्रमा २२ मिटर गहिराइका २५ वटा पिल्लर निर्माण हुनेछन् ।

त्यस्तै घुमखहरेतर्फ १६ मिटर गहिराइका १४ वटा टावर निर्माण हुनेछन् भने दहचौर र मेहलकुनातर्फ आरसीसी फाउन्डेसन निर्माण गरिनेछ । पुल निर्माण गर्नका लागि निर्माण व्यवसायीसँग ११ असार २०८१ मा सम्झौता भएको थियो ।

भेरीगंगा उपत्यका सहर निर्माणको काम सुस्त, खटाङ क्षेत्रको पर्यटन गुरुयोजनामा पनि ढिलाई

YUGAAWHAN NATIONAL DAILY (2081-09-06)