२०८२ फाल्गुन ५ गते
×

Now Playing

बेलासपुर मन्दिरमा चढ़ाएको घन्टहरु सडकको खोल्सामा


दैलेखको प्रसिद्ध बेलासपुर मन्दिरमा चढ़ाएको घन्टहरु सडकको खोल्सामा भेटिएको छ ।

बुधबार सडकमा काम गरिरहेका मजदुरहरुले घन्टहरु बेलासपुर बिजौरा सडकको खोल्सिमा फेला पारेका हुन् ।

दैलेख सदरमुकाम नजिकै रहेको मन्दिरका घण्टहरु चोरी भएको तीन दिन मात्रै जानकारी पाएको बेलासपुर मन्दिर क्षेत्र संरक्षण प्रबर्द्धन तथा व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र शाहीले बताए ।

उनका अनुसार नयाँ मन्दिर बनाउदा पुरानो मन्दिरको घण्ट तानेर थुपारेर राखेको ठाउँबाट चोरी भएको जनाए । घण्ट उगालेर बेच्ने नियतले मन्दिरको ५÷७ सय मिटर पूर्वतिर एउटा खोल्सामा लुकाएर राखेको रहिछ उनले भने, ‘सडकमा काम गर्ने कामदारले भेटाएर हामीलाई खबरवर गरेका हुन् । हामीले त्यहाँबाट जानकारी पाएको हो । प्रहरीलाई निवेदन दिएर मुचुल्का गरेर सामान मन्दिरमा ल्याएर राख्ने छौँ ।’

अध्यक्ष शाहीले घण्ट चोरी हुनुमा मन्दिरका पुजारीको लापरबाही देखिएको अध्यक्ष शाहीको बताए । दैनिक पुजा जादाँ पुजारीले हेर्नू पर्ने हो उनले भने, ‘घण्ट हराए तीन दिनपछि मात्रै हामीलाई थाहा पायौं ।’

यस्तै, पूर्वमन्त्री तथा राप्रपा पार्टी महासचिव कुन्तिकुमारी शाहीले दोषीलाई पत्ता लगाई कड़ा कार्बाही गर्न आग्रह गरेकि छन् । धार्मिक आस्था माथि खेलबाड भएछ शाहीले भनिन्, ‘यो कसले र किन गरेको हो हामी प्रहरी प्रशासन राम्रोसँग छानबिन गर्न आग्रह गरेका छौँ ।’

बेलासपुर मन्दिरमा चढ़ाएको घन्टहरु सडकको खोल्सामा

स्थानीय तहको लापरबाहीले दोस्रो किस्ता पाउन मुस्किल

बेलासपुर मन्दिरमा चढ़ाएको घन्टहरु सडकको खोल्सामा

प्रधानमन्त्रीलाइ विश्वासको मत