जोखिमको अग्रपंक्तिमा छन् कर्णालीका बालवालिका


कर्णालीका बालवालिकाहरु संमग्र क्षेत्रबाट जोखिममा रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को बालवालिका सम्बन्धी तथ्याङ्कीय प्रतिवेदन अनुसार कर्णालीका बालबालिका धेरै क्षेत्रमा जोखिम रहेको पाइएको हो । तथ्याङ्क विभागका अनुसार बालवालिका भन्नाले जन्मेदेखि १७ वर्ष उमेर समूहका हुन् । राष्ट्रिय जनगणना २०७८ ले नेपालको कुल जनसंख्यामा बालवालिकाको अनुपात ३४ प्रतिशत रहेको देखिएको र कुल जनसंख्यामा बालकको अनुपात करिब ३६ प्रतिशत छ भने बालिकाहरुको अनुपात चार प्रतिशत विन्दुले थोरै अर्थात् करिब ३२ प्रतिशत रहेको छ ।
वि.सं. २०७८ को जनगणनाले नेपालमा रहेका कुल परिवारमध्ये कम्तीमा एकजना बालबालिका जन्मेदेखि १७ वर्ष उमेर समूह भएका परिवारको अनुपात ७१.३ प्रतिशत देखाएको छ । कुल जनसङ्ख्यामा एक तिहाइ हिस्सा ओगटेका यी बालबालिकाको पारिवारिक संरचना र अवस्थाका साथसाथै बहुआयामिक वैयक्तिक पक्षको तथ्याङ्क नीति निर्माता र योजनाविद्का लागि मात्र नभएर शोध अनुसन्धानकर्ताको लागि समेत उत्तिकै महत्वपूर्ण रहेको छ ।
राष्ट्रिय जनगणना २०७८ ले समेटेका कुल परिवारमध्ये केवल ७१ दशमलव तीन प्रतिशत परिवारमा वालवालिका रहेको पाइएको छ । प्रदेशगत रुपमा तुलना गर्दा यो वितरण समान नरहेको देखिन्छ । कर्णाली ८० दशमलव आठ प्रतिशत र मधेस प्रदेशका ८० दशमलव तीन प्रतिशत परिवारमा सर्वाधिक बालबालिकाको संख्या रहेको छ । तेस्रोदेखि सातौं स्थानसम्म क्रमशः सुदूरपश्चिम, लुम्बिनी, कोशी, गण्डकी र बागमती प्रदेश रहेका छन् ।
कर्णालीका ८४ प्रतिशत बालवालिका माटोको घरमा
कर्णाली प्रदेशमा झण्डै ८४ प्रतिशत माटो जडित ढुंगा र माटोको जग भएको घरमा बालवाालिका बसोबास गर्ने गरेको र बालवालिका भएका ८१ प्रतिशत परिवार बस्ने घरको गारो माटो जडित ढुंगा माटोको र कर्णाली प्रदेशका ११ दशमलव दुई प्रतिशत परिवारसँग सिमेन्टको छानो भएको घर आवासको रुपमा प्रयोग भएको तथ्याङ्कले देखाएको छ ।
ढुंगा वा माटोको छानो हुने र बालबालिका भएका सर्वाधिक परिवारको हिस्सा कर्णाली प्रदेशमा र घरको भुईँ अनुसार बालवालिका भएको परिवारको वितरण अनुसार कर्णाली प्रदेशका कालिकोट, हुम्ला, जुम्ला, मुगु र डोल्पा जिल्लालाई अझै पनि दुर्गम जिल्ला मानिन्छन् । यस प्रदेशको कुल जनसङ्ख्यामा यिनले प्राप्त गर्ने भारले खास सूचकहरूलाई निर्देशित गर्नु स्वाभाविक हो । माटोको भुईँ भएको घरमा बस्ने परिवार कम्तीमा एक जना बालवालिका भएको हिस्सा सर्वाधिक ८१ दशमलव नौ प्रतिशत रहेको छ ।
सिमेण्टको भुईँ भएको घरमा बस्ने बालवालिका भएका परिवारको हिस्सा कर्णालीले लिएको दुई दशमलव नौ प्रतिशत रहेको छ । काठ वा फल्याकले बनेको भुईँ भएका घरमा बस्ने बालबालिका भएका परिवारको हिस्सा सबैभन्दा धेरै दुई दशमलव नौ प्रतिशत कर्णाली नै रहेका छन् ।
खानेपानी पहुँचमा कमी
परिवारले प्रयोग गर्ने खानेपानीको मुख्य स्रोतको प्रकार र बालबालिका भएको परिवार खानेपानीको स्रोत र यसको उपयोग मानिसको स्वास्थ्य र सम्पन्नतासँग जोडिएको सूचक हो । परिवारभित्र बसोबास गर्ने सबैले साझा स्रोत उपयोग गर्ने भए तापनि यस सूचकलाई स्रोत अनुसार प्रादेशिक तहमा वितरण हेर्दा असमान आँकडा देखिएको तथ्याङ्क विभागले जनाएको छ ।
कर्णाली प्रदेशमा घर परिसरभन्दा बाहिर धारा पाइपको खानेपानी उपभोग गर्ने परिवार कर्णाली प्रदेशमा सबैभन्दा धेरै ४४ दशलमव नौ प्रतिशत प्रदेश रहेको तथ्याङ्क विभागले जनाएको छ । ट्युबवेल र हातेपम्पको चलन कर्णालीमा मान केवल शून्य दशमलव चार प्रतिशतमा रहेको छ । त्यस्तै, ढाकिएको इनार र कुवाको स्रोतबाट खानेपानी उपभोग गर्ने परिवारमा कर्णाली दुई दशमलव एक प्रतिशत रहेका छन् । मूल धारालाई परम्परागत खानेपानीको स्रोतका रुपमा लिइन्छ ।
कर्णाली प्रदेशका १३ दशमलव सात प्रतिशत परिवारले अझै पनि खानेपानीको स्रोतका रुपमा मूल धारा उपयोग गर्ने गरेको तथ्याङ्क विभागले जनाएको छ । नदी र खोला खानेपानीका अत्यन्त असुरक्षित स्रोत हुन् । यस्तो स्रोत अन्य प्रदेशको तुलनामा कर्णाली एक दशमलव एक प्रतिशत र सुदूरपश्चिममा एक प्रतिशत रहेको छ ।
काठ दाउराको प्रयोग कर्णालीमा बढी
खाना पकाउने प्रयोजनार्थ काठ दाउराको अधिकतम प्रयोग गर्ने र कम्तीमा एक जना बालवालिका भएका परिवार कर्णाली प्रदेश ८३ दशमलव पाँच प्रतिशत, मट्टितेल प्रयोग गर्ने परिवार सून्य दशमलव दुई प्रतिशत रहेको छ । कर्णाली र सुदूरपश्चिम बाहेक बाँकी पाँच वटै प्रदेशमा कम्तीमा एक जना बालबालिका भएका ९० प्रतिशतभन्दा बढी घरपरिवारको बत्ती बाल्ने इन्धनको स्रोत बिजुली रहेको कर्णाली ४९ दशमलव आठ प्रतिशत रहेका छन् ।
कर्णाली प्रदेशमा प्रकाशको लागि विद्युतीय सुविधा प्राप्त गर्ने बालवालिका भएका परिवार ५० प्रतिशतभन्दा पनि कम रहेको र कर्णालीमा विद्युतको विकल्प सौर्य ऊर्जा प्रयोग गर्ने झण्डै ५० प्रतिशत परिवार रहेको तथ्याङ्क विभागले जनाएको छ ।
कर्णालीमा ५२ प्रतिशत बालवालिका घरमूली
परिवारमुलीका रुपमा बालवालिका पारिवारिक, सामाजिक, आर्थिक आदि कारणले बालवालिका परिवारमुलीको रुपमा रहेको हुनसक्ने र २०७८ को जनगणनामा देशभरि कुल ६६ लाख ६६ हजार नौ ३७ परिवारमध्ये ३१ हजार पाँच सय १२ अर्थात् सून्य दशमलव ४७ प्रतिशत परिवारमा बालवालिकाले परिवारमुलीको जिम्मेवारी वहन गरिरहेको तथ्याङ्क विभागले जनाएको छ ।
जसमध्ये बालवालिका परिवारमुली भएका कुल ३१ हजार पाँच १२ परिवारमध्ये कर्णाली ५२ दशलमव एक प्रतिशत कर्णालीमा रहेको छन् । यसको पछाडि रहेका कारण ज्ञात छैनन् तर थप खोजीको विषय हुनसक्ने तथ्याङ्क विभागले जनाएको छ ।
कर्णालीमा अझैँ २० प्रतिशत बालविवाह
तथ्याङ्क विभागका अनुसार प्रदेशगत रुपमा हेर्दा हाल गणनाको समयमा २० देखि २४ वर्ष उमेर समूहमा रहेका तर पहिलो विवाह हुँदा १८ वर्षभन्दा कम उमेर भएका महिलाको उच्च अनुपात कर्णाली प्रदेशमा २० दशमलव एक प्रतिशत रहेको छ । पुरुष बालविवाह हुने सर्वाधिक कर्णाली प्रदेशमा नौ दशमलव पाँच प्रतिशत रहेको तथ्याङ्क विभागले जनाएको छ ।
यस्तै, आर्थिक कामको पेसागत वर्गीकरणअनुसार बालवालिकाको वितरण बालवालिकाले गरेको आर्थिक काम र उनीहरूको परिवार वा संरक्षक संलग्न पेसाको बिचमा प्रत्यक्ष सम्बन्ध रहेको तथ्याङ्क विभागले जनाएको छ । कर्णाली ६० दशमलव ६ प्रतिशत बालवालिकाले कृषि, वन तथा मत्स्यपालन क्षेत्रका दक्ष कामदारका रुपमा आर्थिक काम गर्ने गरेको तथ्याङक विभागले जनाएको छ ।
कर्णालीमा अपाङ्गता भएका बालवालिका धेरै
बालबालिकामा रहेको अपाङ्गता उत्तिकै सरोकारको विषय भएको नेपालका कुल बालबालिकामध्ये अपाङ्गता विद्यमानतादर एक दशमलव दुई प्रतिशत रहेको तथ्याङ्क विभागले जनाएको छ । त्यसमध्ये बालकहरू एक दशमलव तीन प्रतिशत अपाङ्ग रहेछन् । बालिकाहरुमा यो दर एक दशमलव एक प्रतिशत रहेको छ ।
बालवालिकामा अपाङ्गता विद्यमानतादर सबैभन्दा धेरै एक दशमलव नौ प्रतिशत रहेको तथ्याङ्क विभागले जनाएको छ । ठाउँहरुको भौगोलिक अवस्था, आहारविहार, वंशानुगत गुणहरु आदिले यिनलाई प्रत्यक्ष प्रभाव पारेको हुनसक्ने विभागको भनाई छ ।






