सम्पादकीय : सम्हाल्ने चक्करमा आफ्नै फुस्केला नी !
एउटै सडक आयोजनामा पालिका र पूर्वाधार कार्यालय दोहोरो भुक्तानी गरेर १३ लाख राजश्व खातामा जम्मा गरेर चर्चित बनेको नगरपालिका हो जाजरकोटको नलगाड नगरपालिका । यो गत २०८० को कुरा हो भने यो पटक पनि चर्चित नै रहेको नाम भो सो नगरपालिका । जहाँ माओवादी निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी यूनियन क्रान्तिकारीका क्रान्तिकारी विद्यार्थी नेताहरुले महालेखाको प्रतिवेदनलाई समेत चुनौती दिंदै नगर प्रमुखको बचाउमा प्रेस विज्ञप्ती निकाल्न सफल भएका छन् ।
यो उदाहरणीय नगरपालिकाका नगर प्रमुख हुन नलगाड नगरपालिकाका प्रमुख । जसले आफ्नो बचाउमा ५२ लाख मासुभात मध्येमा केही मासु भात र जलपान गरेका मध्येमा यि विज्ञप्ती निकाल्नेवाला पनि होलान पक्कै । लाजले पनि लाज मान्नुपर्ने महालेखाको प्रतिवेदनलाई समेत चुनौति दिनेगरी प्रत्येक्ष समर्थनमा उभिनलाई गुण तिर्नुपर्ने त पक्कै थियो नै होला । नभए स्वार्थ नभै बाउका पक्षमा छोरो त नबोल्ने जमानामा यस्तो ऐतिहाँसिक बचाउ त पक्कै नहुनुपर्ने आम बुझाई हो ।
किन चाहिन्छन जनप्रतिनिधी भन्दा एउटा सरकारी संरचनालाई पनि नियमन र सहि दिशा निर्देश गर्न र जनताको आवाजलाई सम्बन्धित निकायसम्म पु¥याउनलाई जनप्रतिनिधी चाहिन्छ । स्थानीय तहको अवस्था हेरेर आम्दानी र खर्चको सहि सदुपयोग र व्यवस्थापन गर्नलाई पनि जनताको आवाजको सम्बोधनको लागि उनीहरुको उपस्थिती महसुस भएर नै जनप्रतिनिधीको व्यवस्था गरिएको हो ।
तर यहाँ त दुधको साँक्षी बिरालो बसेको झैं भएको छ । घुम्नमा मात्र आधा करोड सक्काउने नगरपालिकाको आन्तरिक आम्दानी कति छ ? त्यो मध्येमा विकास निर्माणका कामका कति खर्च हुन्छ र कार्यालय व्यवस्थापनमा कति खर्च हुन्छ भन्ने कुरा त स्थानीयलाई पनि चासो र चिन्ताको विषयल हुनुपर्ने होईन र ? तर चासो र चिन्ता हुनुपर्ने देशको आशा स्तम्भ आफ्ना नेताको फुत्किएको कट्टु जसबाट लाज छताछुल्ल भैसकेको छ उसको लाज कहाँ देखिस् ? देखें भनेस न मात्र मैले जानेको छु यो बाटो हिड्लास् मामाघर आउलास् भनेर सार्वजनिक आधिकारीक वक्तव्यमा हस्ताक्षर गर्दै बसेका छन् कठै तिम्रा मति र बुद्धि ? तिमि नै त हौला भोलीका नेता अर्काको फुस्केको फरियाका विषयमा त तिम्रो यस्तो विजोग छ तिमिसंग अरुले के आशा गर्ने ? हुन्देउ बरु डाडुमा पानि तताएर नुहाउन भन लाज पखालिन्छ ।
मासुभात ५२ लाखको खान्छन भन्छ महालेखाको प्रतिवेदन भन तिम्रा पालिकामा एक जुनीमा ५२ लाख कमाउने कति जना व्यक्ति छन् गन । अनि नि ठेकेदारलाई ठेक्का दिनेभए टेण्डर गर्छन उपभोक्ता समिती बनाउँछ भनेर तिमिलाई कसले भन्यो ? जुन काम ठेकेदारलाई दिने हो त्यसको उपभोक्ता समिति नामक नाटकका कलाकारलाई पारिश्रमिक दिएर किन पाल्ने ? सोध तिम्रा नेतालाई ? अर्को कुरा करार कर्मचारीलाई स्थानीय भक्ता दिने भनेर सामान्य प्रसाशन मन्त्रालयको कुन पत्रबाट नलगाडलाई परिपत्र भाको छ ? भन्न सक्छौ ? निर्वाचित भएको मितिदेखी अनुसुची १ र २ बाहेकको कुन अवस्थामा सुविधा लिन पाउँछन था पा छौं ? दुधले नुहाईदियौ कि दारुले ? चोखिन र चोख्याउनलाई ?
अनि यति हस्ताक्ष्र गर्दा कुन शिर्षकबाट बजेट विनियोजन भयो कुन्नी जिज्ञासा के ? ईन्धन, मासुभात, करार नियुक्ति, सवारी सुबिधा या त सिधै चुनावको गुण तिर्नलाई उपभोक्ता समितीका नाममा दोहोरो भुक्तानी कि अन्य कुनै शिर्षक ? खवरदारी गर्ने होला नि काम त महालेखाको प्रतिवेदनलाई समेत ठाडै चुनौति त्यो पनि नगर प्रमुखको पार्टीको नगरको विद्यार्थी संगठन । नयाँ चलन, नयाँ काम र नयाँ तरिका ।
यति पनि अलि शोभा दिन्न कि भन्ने सम्मको गुदीकै पनि अभाव नै भाको हो की सन्ध्याकालीन सरपान जसको खर्च ईन्धन खर्च सवारीसाधनका लागी विलमा ईन्धन भुँडीमा हाल्नेले विल झैं शिर्षक फरक परेर हो ? हल्लो विद्यार्थी संगठन ? त्यहि होला पक्कै नभए ४१ लाख बढीको ईन्धन खर्च हुँदा ४१ करोड आम्दानी हुनुपर्ने हो त्यो त देखिदैन । केही छैन यो पटक पनि नलगाड नगरपालिकाको नाम चर्चामा राख्न सफल हुनुभएकोमा बधाई छ । बरु कि अरुको फुस्केको लाज सम्हाल्नी चक्करमा आफ्नै फुस्केर मुखै देखाउन नमिल्ने होला ख्याल गर्नु है ।