शैक्षिक जागरणमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ


नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कालिकोटले दलित बालबालीकाको शिक्षामा सुधार गर्नको लागी उठेका शैक्षिक सवालहरुमा साझा अवधारणा र आगामी निकासको लागी लवि पैरवि सहितको अन्तरक्रिया कार्यक्रम गरेको छ ।
खाँडाचक्र नगरपालिका वडा नं.–५ मा बिहिबार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कालीकोटको आयोजनामा एक कार्यंक्रमको आयोजना गरी दलित समुदाय तथा अति विपन्न बालवालिकाहरुको शैक्षिक क्षेत्र सुधारका लागि कार्यक्रम भएको हो । खाँडाचक्र नगरपालिका वडा नं. ५ का अध्यक्ष देउराम कामी (वि.क.) को प्रमुख आतित्थ्यता तथा राजनैतिक दल बुद्धिजिवी, सम्पुर्ण स्थानीय शैक्षिक सरोकारवालाहरुको उपस्थितीमा कार्यक्रम भएको हो ।
दलित बालबालीकाको शिक्षामा सुधार गर्नको लागी उठेका शैक्षिक सवालहरुमा साझा अवधारणा र आगामी निकासको लागी लवि पैरवि सहितको अन्तरक्रिया गर्नु यहाँका दलित बालवालिका तथा अन्य बालवालिका हितका लागि रहेको खाँडाचक्र नगरपालिका वडा नं. ५ वडा अध्यक्ष देउराम कामी विकले बताएका छन् ।
कार्यक्रममा छात्र वृत्ति कार्यक्रमको सहजिकरण सहित विस्तृत जानकारी कार्यक्रम अधिकृत गोरख नेपालीले गरेका हुन । स्थानीयतहको शिक्षा नीती, शैक्षिक योजना, आगामी दिनमा सुधारका लागी स्थानीय सरकारले गर्नुपर्ने कार्यनितीका बारेमा वडाध्यक्ष देउराम कामी विकले प्रष्ट पारेका छन् ।
दलित समुदायमा शैक्षिक सचेतनाको कमी र आर्थीक अवस्था
कम्जोर भएकोले नै दलित बालबालीकाहरुले उचित मात्रामा शिक्षा हाँसील गर्न नसकीरहेको सहभागिहरुको निष्कर्ष थियो ।
विद्यमान अवस्थालाई निराकरण गर्नको लागी स्थानिय वडा सरकारले निकट भविश्यमै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ संग सहकार्य गर्दै अभिभावक सचेतना घरदैलो अभियान सञ्चालन गर्ने प्रतिवद्धता जाहेर गरेकोले दलित बालबालीका तथा अभिभावकहरुमा शैक्षिक जागरण आउने विश्वास आम जनमानसमा रहेको छ ।
दलित बालबालीकाको शिक्षामा सुधार गर्नको लागी शिक्षक, अभिभाबक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार र सम्पुर्ण शैक्षिक सरोकारवालाहरुको आफ्नो आफ्नो दायित्व अनुुुसार अनिबार्य जिम्मेवारी पुरागर्ने र वडा स्तरीय शिक्षा समितिलाई गतिशिल बनाई नियमीत, मासीक रुपमा बैठक बसी सम्पूर्ण विद्यालयमा अनुगमन तथा नियमन गर्ने प्रतिबद्धता सहित साझा निर्णय पारीत गरीएको छ ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ तथा सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालीत नेपाल छात्रवृति कार्यक्रम अन्तरगत दलित बालबालिकाको शैक्षिक अवस्थामा सुधार गर्न र पहुँच अभिवृद्धी गर्नको लागी नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला शाखा कालीकोटले विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आईरहेको छ ।







