सम्पादकीय: कर्णालीको भागबन्डामा मस्त नेतृत्व

सिङ्गो देशको भाग लगाउँदा यो समयमा देशको ढुकुटीमा डान्यु पन्यु चलाउने अथवा बाँडिचुडी खाने पालो माओवादी र एमालेको परेको छ । काङ्ग्रेसलाई सहयोगी बनाएर राज गरेको माओवादी आफुले भने जस्तो चोक्टै चोक्टा खान नपाएपछी अहिले एमालेलाई फकाउँदै चोक्टा खाने सुर कसेको छ ।
अब भाग लगाउँदै गर्दा मासुमासु भनेको माओवादीलाई छाला, बोसो, हड्डी, खुर टाउको लगायतका सबै नरम–करम मिलाएर लगाउनुपर्छ भन्ने कुरामा गएर अड्कीएको छ । विषेश त कर्णालीको हकमा यो कुरा सतप्रतिशत लागु भएको छ । सरकार गठनमा भएको ढिलाईले आम नागरिकमा परेको असर देख्ने आँखा त साउनमा आँखा फुटेको गोरुले संधै हरियो देख्छ भनेझै नेता बन्दा नै नदेख्ने भएका हुन ति नेताका आँखाहरु ।
अब आम नागरिकका लागि हामीले काम गरेका छौं भनेर गफ दिने नेताका आँखाको उपचार गर्न तिर लाग्नु कि आफ्नै अप्ठ्याराको सजिलो खोज्ने होला ? समाजमा व्याप्त भनाई हो झैं लाग्छ आजभोली कि नैतिक, चारित्रिक र आर्थिक रुपमा समस्या भयो भने तेरो यो नेता बन्ने लक्षण हो भनेर बुढापाकाले किन भनेका रहेछन भनेर । अहिलेका कुनै पनि नेतामा यी गुणको कमी छैन ।
कमी हुँदो हो त सेतोलाई सेतो नै देख्थे, असहजतालाई पनि आँखा चिम्लिएर के असहज छ र भनेर भन्न सक्ने थिएनन । सत्ताको कुर्सिमा टाँसिने नैतिकताहिन नेतृत्वको जयजयकार गर्ने अन्धभक्तलाई समेत यहि सरुवा रोग छ यसको उपचार कहाँ हुन्छ ? कति आर्थिक खर्च हुन्छ ? त्यो कसले खर्च गरेर उनीहरुको उपचार होला ? कसैले आफ्नै लगानीमा त्यो काम गर्न सक्ला कि नसक्ला ? त्यति बहादुर छोरो जन्माउने महान आमा कर्णालीमा होलिन कि नहोलिन ?
हालको टड्कारो प्रश्न हो कर्णाली र कर्णालीबासीका लागि यो । कर्णालीमा लगानी सम्मेलन गछौं भनेर भाषण गरेको पनि ६ बर्ष भो । कहाँ पुग्यो कर्णाली लगानी सम्मेलनको ढोङ फुकेर आफु छलाङकारी÷परिवर्तनकारी बनेको याद छ ? हुन त के याद होस् गैरजिम्मेवार नेतृत्वले के याद गर्दा हुन र ? याद गरेको भए अवस्था यस्तो हुन्थ्यो र आम कर्णालीबासीको ? निर्णय ठोक्यो मिडियाबाजी ग¥यो आफु गजब बन्यो कार्यान्वयन शुन्य । नेतालाई जनताका समस्या र आवश्यकता भन्दा पनि अनावश्यक माग तेर्साएर बखेडा झिकेर आफ्नो र आफ्ना आसेपासेको दुनो सोझ्याउन पाए शंख बिनै स्वर्ग पुग्छन् ।
बरु मलामीसहित जाँदा सहानुभूती हुन्थ्यो होला विना मलामी जाँदा त अपराधी भएकै महसुस हुन्छ अपेक्षा राखेकाहरुलाई । जसले यिनको विश्वास गरेर, आशा र अपेक्षा गरेर यिनलाई टेक्ने हाँगो र समाउने लौरी दिएर सत्ता स्वाद चाख्न पठाएका थिए तर यि भ्रष्ट नेतृत्वहरु यतिसम्मका निच, घटिया र आपराधिक मानसिकताका बनेकी, भ्रष्ट र अपराधकर्मको लागि आम नागरिकले अभिनन्दनसहित आधिकारिक लाईसेन्स दिलाए भन्ने परेको छ ।
कुर्सिमा टाँसिएर, करोडौंका गाडी चढेर, आटो र ढिंडो खाएको त्यो आची पनि नपाउनुपर्ने खाप्चोमा रेड लेवल, ब्ल्याकलेवल, मार्सी, बासमतीको स्वाद चाहिने पापीहरु रातदिन नैतिकताहिन काम गरेर खुब लेवल बनाएका छन् । भन्नमात्र सक्छन् यहाँ भनिएका कुरा किन भनिस् भनेर भन्ने दम राखेर आउने कसैको आँट भए लोकबिजयको जिम्मा आम नागरिकले लिन्छन दम छ कसैको ? छैन भएपो आफै भन्ने हो नभए त आफ्ना अन्धभक्त उहाँको त आचि पनि महङ्गोमा बिक्रि हुन्छ अरुको मात्रै हो गनाउने, तिमिहरुलाई के था भन्नेहरुले हो हाउहाउ गर्दै हिड्ने । सत्ता, शक्ति र पदको दुरुपयोग गरेर आम नागरिकको करबाट मोजमस्ती गर्ने भ्रष्ट नेतृत्वहरुले एउटा प्रदेशमा सरकार बनाउन नसक्ने कुरा ठूला ।
हिजो हप्तामा १÷२ छाक पनि धौ खानु भएकाको अरबौंको गाडी, सम्पत्ति, बैंक व्यालेन्स, फूर्तिफार्ति कहाँबाट आउँछ भनेर खोज्ने दिन ढिला भैसक्यो । आफ्नै मन त क्षणभरमा ढुलमुलिन्छ भने एकजना व्यक्तिको आची पनि ठिक भन्नेहरुले पनि सोच्न ढिला गरे परिणाम गम्भिर आउने पक्का जस्तै छ ।






