जुम्लामा पहिलोपटक ‘सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’


जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबारदेखि ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गरिएको छ । प्रतिष्ठानले एक ओैपचारिक कार्यक्रमको आयोजना गरि अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गरेको हो ।

सम्मेलन दुई दिन (अर्थात) आइतबारसम्म चल्नेछ । ‘सबैको मानसिक स्वास्थ्यका लाथि नवप्रर्वतन तथा सहकार्य’ नारासहित राखिएको छ । प्रतिनिधिसभा सांसद विनिता कठायतले पानसमा बत्ती बालेर उद्घाटन गरेकी थिइन् ।

उनले कर्णाली प्रदेशको दुर्गमको जुम्लामा सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुनु अपरिहार्य भएको बताइन् । उनले भनिन्, ‘यो सम्मेलन सफलताको शुभकामना छ । यसमा सहयोग पु¥याउने सबै सहयोगी हातहरुलाई धन्यवाद दिइन् ।’ जिवनको सबैभन्दा महत्त्वपूर्ण स्वास्थ्य हो,स्वास्थ्य राम्रो भए । सबै राम्रो हुन्छ् । भौतिक विकास र सडक खन्ने विकास भन्दा यो सम्मेलन अनुसरण योग्य भएको बताउँछिन् ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले जुम्ला आउन नमाने डाक्टरहरु अहिले जुम्लाले डाक्टर उत्पादन गर्दै आइरहेको बताए । यो पर्यटकीय गन्तव्य तथा स्वास्थ्य अनुसन्धान गर्ने स्थल बनेको उनले भनाइ थियो ।

यो सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’बाट धेरै विरामी लाभान्वित हुने विश्वास व्याक्त गरे । रुढीबादी सोच र चिन्तनले थलिएका मानसिक विरामीका लागि राहत पुग्नेछ । अझै दुइदिने सम्मेलनमा धामीझाँक्रीलाई पनि सहभागी गरानुुु पर्ने सुझाव राखे । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मङ्गल रावलले दुनियाँको सबैभन्दा सुगम हार्वर्ड युनिभर्सिटी र अत्यन्तै दुर्गममा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मिलेर गर्न थालिएको मानसिक स्वास्थ्यसम्बन्धीको अन्तर्राष्ट्रिय सम्मेलनले नेपाललगायत कर्णालीका नागरिकको स्वास्थ्य अवस्थामा उल्लेख्य प्रगति हुने बताए ।

सम्मेलनका लागि अमेरिकाबाट चार र नेपालभरिबाट दर्जनभन्दा बढी मानसिक रोग विशेषज्ञ, मनोवैज्ञानिक तथा मनोपरामर्शदाताहरू सहभागी छन् । उनका अनुसार कर्णालीमा सामान्यतः एकजना मानिसक रोग विशेषज्ञ जान नसक्ने ठाउँका नागरिक सबैका लागि मानसिक स्वास्थ्य र सेवाको पहुँच पुर्याउने उद्देश्यले अन्तराष्ट्रियस्तरको सम्मेलनको आयोजना गरिएको हो ।

सम्मेलनपछि जुम्ला घोषणा पत्र जारी गरिनेछ । युनिभर्सिटीको फ्याकल्टी डा श्रीधर पौडेलले कर्णाली जस्तो दुर्गममा यस्तो कार्य गर्न पाउँदा गौरव लागेको बताए । यो समस्या नेपाल भरि फैलिएको बताए । कर्णालीको अवस्था, दुर्गम क्षेत्रमा देखिएको मानसिक स्वास्थ्य समस्यालाई प्रत्यक्ष बुझ्न र अध्ययन गर्न पनि जुम्लामा हुने सम्मेलनमा जान देश तथा विदेशका साइक्याट्रिक्सको चासो रहेको बताए ।

यो समस्याको भयावह अवस्था छ । सबै चासोका साथ लिनुपर्ने बताउँछन् । सम्मेलन हार्वर्ड युनिभर्सिटी म्यासाचुसेट्स जनरल हस्पिटल साइक्याट्रिक डिपार्टमेन्ट अमेरिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला नेपालको सहकार्यमा हुन लागेको हो ।

अमेरिकाको प्रतिष्ठित संस्थासँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्न लागेको यो सम्मेलन ‘सामुदायिक मानसिक रोगसम्बन्धी अन्तर्राष्ट्रियस्तरको प्रथम सम्मेलन’ हो ।

सम्मेलनका लागि अमेरिकाबाट चार र नेपालभरिबाट दर्जनभन्दा बढी मानसिक रोग विशेषज्ञ, मनोवैज्ञानिक तथा मनोपरामर्शदाताहरू सहभागी भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिस्ट्रार नृपेन्द्र महतले बताए अनुसार उक्त सम्मेलनमा करिब ५० वटा मानसिक रोगसम्बन्धी कार्यपत्र प्रस्तुत हुनेछन् ।

स्वास्थ्य तथा जनस्ख्या मन्त्रालयका सचिव, कर्णाली प्रदेश सरकारका सामाजिक विकास सचिव, स्थानीय सरकारका प्रमुख तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि सम्मेलनमा सहभागिता हुनेछ । उनका अनुसार हार्वर्ड युनिभर्सिटी र कर्णाली स्वास्थ्य विज्ञानबीच स्वास्थ्य शिक्षा, अनुसन्धान र सेवामा सहकार्य र साझेदारी समेत हुनेछ ।

यता मानसिक विशेषज्ञ डाक्टर विद्यादेव शर्माले दुर्गम क्षेत्रका नागरिकको मानसिक स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर विभिन्न चुनौतीका बाबजुद पनि जुम्लामा सम्मेलन गर्न थालिएको बताए । सम्मेलनका लागि नेपालको समुदायमा आधारित मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले समेत सहकार्य गरेका छन् ।

डाक्टर पशुपति महर्जन डाक्टर छोरीलक्ष्मी महर्जन अन्य विशेषज्ञ डाक्टरले शुभकामना मन्तव्य राखेका थिए ।

जुम्लामा पहिलोपटक ‘सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’

ओखरका बिरुवा बेचेर आम्दानी

जुम्लामा पहिलोपटक ‘सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’

पुस्तक समीक्षा : फेहरन भित्रको कोलाज