एमाले कर्णालीको सचिवमा उम्मेदवारी दिएका डण्डी शर्माले उम्मेदवारी फिर्ता लिए

सुर्खेत  ।
नेकपा एमाले कर्णाली प्रदेशको सचिव पदमा उम्मेदवारी दिएका डण्डी शर्माले उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा एमाले कर्णाली प्रदेशको भावी नेतृत्व चयनका लागि शनिवार १ मतदान बजेदेखि मतदान हुँदैछ ।

कर्णाली प्रदेशको भावी अध्यक्षका लागि पाँच जनाको र सचिवका लागि तीन जनाले उम्मेदवारी दिएका थिए । अध्यक्षका लागि गुलावजंग शाह, मीनबहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले र सचिवका लागि रुद्रबहादुर शाही, डण्डी शर्मा र ध्रुवबहादुर शाहीले उम्मेदवारी दर्ता गराएको डण्डी शर्माले उम्मेदवारी फिर्ता लिएका छन् । उनले उम्मेदवारी फिर्ता लिएसँगै सचिव पदका लागि रुद्रबहादुर शाही र ध्रुवबहादुर शाही भिड्ने छन् ।

उम्मेदवारी फिर्ता लिएको जानकारी दिँदै डण्डी शर्माले सचिव पदको लागि आफ्नो व्यक्तिगत समर्थन रुद्र शाहीलाई रहेको पनि जानकारी दिएका छन् ।

एमाले कर्णालीको सचिवमा उम्मेदवारी दिएका डण्डी शर्माले उम्मेदवारी फिर्ता लिए

एमालेको कर्णाली पदाधिकारीमा २० जनाको उम्मेद्वारी (सूचि