अन्तर साथीसंगी समूह बैठक सम्पन्न
सुर्खेत । काेशिश नेपालले सञ्चालन गरिरहेकाे समाहित परियाेजना अन्तर्गत वीरेन्द्रनगरमा रहेका अन्तर साथीसंगी समूह बैठक सम्पन्न भएकाे छ । वीरेन्द्रनगरका १६ वटै वडामा रहेका पाँच वटा समूहका प्रतिनिधिहरूबीचकाे सिकाई आदान प्रदान गर्ने उधेश्यले साेमबार बैठक सम्पन्न भएकाे हाे ।
मानसिक अवराेधमा रहेका व्यक्तिहरूका ती समूहमा समाजले आफूहरूलाई लगाउने कलंक र दुर्व्यवहार बारे आपसमा छलफल गर्छन । साथै अपांगता ऐन र अपांगता भएका व्यक्तिहरूका अधिकारका बारेमा छलफल गर्छन ।
नियमित बैठक बस्ने याेजना बनाउने, विभिन्न सिर्जनशिल याेजना बनाउने, व्यवसाय सञ्चालन गर्ने, मनाेसामाजिक अपांगता भएका व्यक्तिहरूलाई परिचयपत्र दिलाउने विषयमा समूहमा छलफल हुनेगरेकाे काेशिश नेपालका परियाेजना अधिकृत महेश भट्टराईले जानकारी दिनुभयाे । काेशिशले मानसिक अवराेधमा रहेका व्यक्तिहरूकाे दैनिकीलाई सजिलाे बनाउनका लागि मनाेपरामर्श र उपचार सेवा दिइरहेकाे छ ।