ट्याक्टरले बाइकलाइ ठक्कर दिदाँ गौतम  घाइते

दुर्गा वि सि

सुर्खेत,१३ माघ ।

विपरीत दिशाबाट गएको बाइकलाई ट्याक्टरले ठक्कर दिदा सल्लिवजार निवासी स्थानीय व्यापारी ईश्वरि गौतम सक्त घाइते भएकि छन् ।गौतम सवार क प्र ०२००१ प २२१९ बाइक र भे १ त १५३९ नम्बरको सल्लिवजार देखि माथितर जाँदै गरेको रुकुम चौहरजारी सडक खण्डको आँपखोली नजिकै मोडमा ट्याक्टरले बाइकलाई ठक्कर दिएको थियोे भने गौतमको दाइहिने खुट्टामा गम्भीर चोट लागेको छ ।

ट्याक्टर सडक देखि १० मिटर तल खसेको छ ।रुकुम चौहरी सडक खण्डको सो क्षेत्र अत्यन्तै सांघुरो रहेको छ ।मिनेट पिच्छे आउने मोडका कारण उक्त क्षेत्रमा दुर्घटनाको संख्या वढिरहेको छ ।वर्षातले विगारेको सडक हालसम्म पनि मर्मत हुन सकेको छैन ।वर्षातमा सडकमा खसेका पहिरोहरु पन्छाउने काम अझै भएको छैन ।

घुम्ती मोडहरुमा माटो ढिस्काले आवतजावतमा समस्या थपेको छ भने आज भएको दुर्घटना स्थल नजिकै सडकको पुरै भाग खसेको छ ।सडक मर्मतका लागि सडक डिभिजन कार्यालय रुकुम पश्चिम चौहारजारिले उक्त सडकलाई मर्मत तथा संम्माहार गर्ने तर्फ चासो नदिएको स्थानीयको दुखेसो छ ।

आँपखोलि देखि नाथेखोला नजिकै ५ किमि सडक पिच भएता पनि गुणस्तरीय नहुदा सडक उप्किन थालेको छ ।निर्माण कम्पनीले नालि मर्मत तथा सरसफाइ नगरि त्यतिकै छाडेको छ।सडक हस्तान्तरण नहुदै अधिकांश ठाउँमा १ वर्ष नवित्दै सडक जिर्न वन्न सुरु भएको छ ।यश तर्फ सडक डिभिजन कार्यालय पुरै वेखबर वनेको स्थानीय भनाइ रहेको छ ।

ट्याक्टरले बाइकलाइ ठक्कर दिदाँ गौतम  घाइते

सिम्ता गाउँपालिकाको हिउँदे सभा सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *