सिम्ता गाउँपालिकाको हिउँदे सभा सम्पन्न

दुर्गा वि सि

सुर्खेत,१३  माघ ।

सुर्खेतको सिम्ता गाउँपालिकाले हिउँदे अधिवेशन सम्पन्न गर्दै वजेट कार्यनयनमा जुटेको छ ।शिक्षा ऎन संसोधन,उर्जा निति पास,हालसम्म सिम्ता गाउँपालिकाले गरेका केही विभिन्न योजनाहरुको रकमान्तरण लगाएतका महत्त्वपूर्ण निर्णय गर्दै हिउँदे सभा सम्पन्न भएको सभा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष ऎन वहादुर चन्दले जानकारी दिए  ।

प्रदेश सभा सदस्य खड्ग वहादुर पोख्रेलद्वारा सभाको पौस २९ गते उद्घाटन गरिएको थियोे ।सभामा सिम्तामा सम्पूर्ण कृयाशिल राजनीति दलका प्रतिनिधि,स्थापनाकालका जनप्रतिनिधि र अन्य विभिन्न निकायका व्यक्तिहरुले सभाको शुभकामना मन्तव्य दिएका थिए ।गाउँपालिकाले आव २०७९र०८० को वजेट कार्यनयनलाई दुर्तगतिमा लिने जनाएको छ ।

धेरै योजनाहरु कार्यनयन तर्फ अघि वढेको र बाँकी कामलाई समेत अब तदारुकताका साथ अगाडि वढाउने सभाका सदस्य सचिव तथा प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटाले वताउनु भयो ।हाम्रो उदेश्य जनताको दैनिकी सेवा सुविधालाई अग्रपंक्तिमा राखेर विकास निर्माणका कामलाई साथसाथै लैजाने योजना रहेको उहाँको भनाइ रहेको छ ।केही नितिगत कुरा फुकुवा,संसोधित र महत्त्वपूर्ण विद्ययक पास गर्दै हिउँदे गाउँ सभा सम्पन्न भएको छ ।

सिम्ता गाउँपालिकाको हिउँदे सभा सम्पन्न

YUGAAWHAN NATIONAL DAILY (2079-10-13)

Leave a comment

Your email address will not be published. Required fields are marked *