लिट्मस केबल्स किन्दा दुबई जाने मौका

लिट्मस केबल्सले इलेक्ट्रीशियनहरु लाई लक्षित गरी ‘लिटमस केबल्सः इको वाइरिङ स्मार्ट वाचदेखि दुबई सम्मको यात्रा’ ७ महिने राष्ट्रव्यापी योजना ल्याएको छ । जसको मुख्य उदेश्य इलेक्ट्रीशियनको परिश्रम र समर्पणको लागि पुरस्कृत गर्न रहेको छ ।

लिट्मस केबल्सको इकोवायर–जेडएच, नेपालकै पहिलो जिरो हलेगोन तार हो । जुन सुरक्षा सुधार गर्नको लागि विशेष रूपमा पीभीसी पोलिमरहरूद्वारा बनाइएको तार हो । यसै कारणले आगलागीको समयमा यसले हानिकारक धुवाँ र हेलोजन–मुक्त ग्याँसहरू कम गर्दछ, जसले यसलाई सुरक्षित र वातावरण मैत्री बनाउँछ ।
यस योजना अन्तर्गत इलेक्ट्रीशियनहरुले ५० कोइल्सको खरिदमा स्मार्ट वाच, एक सय कोइल्सको खरिदमा ड्रिल मेशिन, तीन सय कोइल्सको खरिदमा एयर कुलर, पाँच सय कोइल्सको लागि मुक्तिनाथको यात्रा अथवा मोबाइल र एक हजार कोइल्सको खरिदमा टिभी जस्ता आकर्षक उपहारहरु जित्ने अवसर पाउनेछन् । साथै, एक हजार पाँच सय कोइल्सको खरीदमा, तपाईंले वासिङ्ग मशिन जित्ने मौका पाउनेछन् । दुई हजार पाँच सय कोइल्सको खरिदमा अविस्मरणीय दुबई यात्राको अवसर पाउन सक्नेछन् ।
यस योजनामा सहभागी हुनको लागि, इलेक्ट्रीशियनहरूले इकोवायर–जेडएच खरिद गरि कुपनहरु नजिकैको लिटमस केवल्सको डिलरमा आफ्नो नाम, ठेगाना, फोन नम्बर र जम्मा गरेको कुपनको संख्याको विस्तृत जानकारी बुझाउनु पर्नेछ । उक्त योजना अन्तर्गत जम्मा भएको कुपनको आधारमा स्मार्ट वाच, ड्रिल मेसिन, एयर कूलर, मुक्तिनाथको यात्रा, मोबाइल, टिभी, वाशिङ्ग मशिन र दुबई यात्रा लगायतका उत्कृष्ट उपहारहरू जित्न सक्नेछन् ।






