खोलाले बगाएर बेपत्ता भएका एक पुरूष मृत भेटिए

रुकुम पश्चिम ।
रुकुम पश्चिममा खोलाले बगाएर बेपत्ता भएका एक पुरूष मृत भेटिएका छन् । बाफिकोट गाउँपालिका – १ लागिनेका ५७ बर्षीय हृदय गिरी बिहीबार दिउँसो बगेर बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार गिरीको शव शनिबार साँझ पौने ६ बजेतिर फेला परेको हो । पिपल भन्ने ठाउँबाट घर तर्फ जाने क्रममा वडा नं. १ र २ को सीमानामा पर्ने पुमा खोला तर्ने क्रममा गिरीलाई बगाएको थियो ।
घटनास्थलदेखि झन्डै साढे दुई सय मिटर पर ढुँगाको बीचमा अड्केको अवस्थामा गिरीको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
शव पोष्टमर्टमको लागि जिल्ला अस्पतालमा लगिएको छ ।






