पुष्पलाल स्मृति दिवसमा वृक्षारोपण

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसका वीरेन्द्रनगरमा वृक्षारोपण गरिएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा वीरेन्द्रनगर–१० स्थित संरक्षित वन क्षेत्र काँक्रेविहारमा अवस्थित सिंगल ट्रीमा आईतबार वर, पिपल, कपुर तथा प्रसिद्ध नाभिस्थानबाट ल्याइएको स्वामीको बिरुवा रोपिएको हो ।

निरन्तर कार्यक्रम अन्तर्गत वृक्षारोपण गरिएको मदन भण्डारी स्पोट्र्स एकेडेमीका केन्द्रीय उपाध्यक्ष तेजविक्रम बस्नेतले जानकारी दिए ।बृक्षारोपण कार्यक्रममा एकेडेमीका नगर सचिव सन्देश थापा, युवा क्लब संजालका अध्यक्ष प्रकाश बराल विश्वविद्यालय कमिटी सहसचिव प्रकाश काफ्ले लगायतका युवाहरुको सहभागिता रहेको पछिल्लो समय विभिन्न सामाजिक कामहरु गर्दै आएको एकेडेमीले यो महिनाभरी वृक्षारोपणको अभियान जारी रहने जनाएको छ ।






