बागमती प्रदेशस्तरीय पुरुष भलिबलको उपाधि चितवनलाई

रामेछाप,८ माघ ।

शनिबार रामेछापको मन्थलीमा भएको फाइनल खेलमा प्रतिस्पर्धी रामेछापलाई लगातार ३ सेट हराएर चितवनले उपाधि जितेको हो।  चितवनले रामेछापलाई २५–१८, २५–१८ र २५–२३ को सोझो सेटमा पराजित गरेको थियो। नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगितामा बागमती प्रदेशका ११ जिल्लाले सहभागिता जनाएका थिए।

शुक्रबार भएको सेमिफाइनलको खेलमा धादिङलाई पराजित गर्दा रामेछाप र सिन्धुपाल्चोकलाई पराजित गर्दै चितवन फाइनलमा प्रवेश गरेका हुन्। यस्तै धादिङलाई पराजित गर्दै सिन्धुपाल्चोकले तृतीय स्थान हासिल गरेको छ।

उपाधि जितेको चितवनले २ लाख नगद, द्वितीय हुने रामेछापले १ लाख, तृतीय हुने सिन्धुपाल्चोकले ५० हजार र सान्त्वना हुने धादिङले नगद ३० हजारसहित शिल मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। चितवनका नवीन महतो पुतली उत्कृष्ट खेलाडी घोषित भए भने रामेछापका भरत घिमिरे उत्कृष्ट स्पाइकर घोषित भएका छन्।

बागमती प्रदेशस्तरीय पुरुष भलिबलको उपाधि चितवनलाई

YUGAAWHAN NATIONAL DAILY (2079-10-08)

Leave a comment

Your email address will not be published. Required fields are marked *