भेरीगंगामा निःशुल्क योग शिविर

दिलिप ढकाल
सुर्खेत ।
सुर्खेतको भेरीगंगा नगरपालिकामा निःशुल्क योग सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको छ । विश्व योग दिवशका अवसरमा सामाजिक विकास मन्त्रालयको आयोजना र मैनतडा आयुर्बेद औषधालयको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे हो ।

कार्यक्रममा प्रदेश आयुर्बेद अस्पताल तथा अनुसन्धान केन्द्रका आयुर्बेद चिकित्सक डा. यादबप्रसाद उपाध्यायले बिरामीलाई सेवा दिन पाउँदा खुशी महशुस भएको उल्लेख गर्दै आयुर्बेद औषधिको प्रयोग गर्न सुझाव दिए । यस्तै कार्यक्रमको प्रमुख अतिथि भेरीगंगा नगरपालिकाका नगर उपप्रमुख धनसरा बोहोराले स्वास्थ्यका लागि आयुर्बेद पद्धती निकै महत्वपूर्ण हुने उल्लेख गर्दै आयोजक र सहभागीहरुलाई धन्यवाद ज्ञापन गरिन ।

नगरपालिका तथा सम्बद्ध सबै निकायको पहलमा मैनतडा आयुर्बेद औषधालयको भवन निर्माणका लागि प्रदेश सरकारले ५५ लाख रुपैया छुट्याएको उल्लेख गर्दै अबको केही सयममा उक्त भवन निर्माणको प्रक्रिया सुरु हुने बोहोराको भनाई छ ।

निःशुल्क स्वास्थ शिविरमा सुर्खेतको भेरीगंगा, गुर्भाकोट, लेकबेशी नगरपालिका तथा सल्यानको कालिमाटी गाँउपालिकाका करिव चार बढीले सेवा लिएको मैनतडा आयुर्बेद औषधालयका कविराज निरीक्षक छबिलाल खड्काले जानकारी दिए ।

भेरीगंगामा निःशुल्क योग शिविर

YUGAAWHAN NATIONAL DAILY (2080-03-06)

Leave a comment

Your email address will not be published. Required fields are marked *